info@elocalnepalkhabar.com

“बाइपासदेखि मूल चोकसम्म सफाइ अभियान—दोस्रो दिन डोजरले मच्चायो तरंग”

वीरगञ्ज महानगरपालिकाले सडक विस्तार अभियानलाई दोस्रो दिन पनि निरन्तरता दिएको छ। बाइपास क्षेत्रदेखि मूल चोकसम्म सडक चौंडा बनाउने योजनाअनुसार डोजर परिचालन गरिएको हो।


महानगरले यसअघि नै २४ घण्टे अल्टिमेटम जारी गर्दै सडक क्षेत्रभित्र रहेका संरचना हटाउन निर्देशन दिएको थियो। सो निर्देशन अटेरी गर्नेहरूमाथि अहिले डोजर चलाइएको छ।


दोस्रो दिन पनि अभियान तीव्र बनाइँदा व्यापारी तथा स्थानीयमा त्रासको वातावरण देखिएको छ भने प्रशासन भने “सार्वजनिक हितका लागि अनिवार्य कदम” भएको बताउँदै आएको छ।


अब पनि अटेरी गरे थप कडा कारबाही हुने संकेत महानगरले दिएको छ।

प्रतिक्रिया