info@elocalnepalkhabar.com

थारु पत्रकार संघ बारा शाखाको अध्यक्षमा अनिल प्रित चौधरी सर्वसम्मत चयन।बिरगज, १० साउन ।

थारु पत्रकार संघ बारा शाखाले नयाँ नेतृत्व चयन गर्दै सात सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको छ। कोल्हवी नगरपालिका–१ स्थित थारु सेवा सदनको सभाहलमा शुक्रबार आयोजित जिल्ला भेलाले नयाँ कार्यसमिति चयन गरेको हो।

भेला निवर्तमान अध्यक्ष शेखर चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा दुष्यन्त चौधरी सहभागी थिए भने पूर्व केन्द्रीय सदस्य धिरेन्द्र पनुहर, नविन चौधरी तथा पूर्व जिल्ला अध्यक्ष जियालाल चौधरी विशेष आमन्त्रितका रूपमा उपस्थित थिए।

भेलाबाट अध्यक्षमा अनिल प्रित चौधरी, उपाध्यक्षमा जितेन्द्र चौधरी, सचिवमा बुधन चौधरी, सहसचिवमा बिनिता चौधरी तथा कोषाध्यक्षमा इन्दिरा चौधरीलाई सर्वसम्मत रूपमा चयन गरेको छ। त्यसैगरी सदस्यमा राकेश चौधरी र कृतिका चौधरी चयन भएका छन्।

संघका अनुसार नवनिर्वाचित पदाधिकारीहरूको सपथ ग्रहण कार्यक्रम आगामी साउन १६ गते आयोजना गरिनेछ। सो अवसरमा प्रमाणपत्र वितरण गरिनुका साथै निवर्तमान कार्यसमितिका पदाधिकारीहरूलाई सम्मानपत्र र दोसल्ला ओढाएर औपचारिक बिदाइ गरिने कार्यक्रम रहेको छ।

नवनिर्वाचित नेतृत्वले पत्रकारहरूको क्षमता अभिवृद्धि, पेशागत एकता सुदृढीकरण तथा थारु समुदायसँग सम्बन्धित मुद्दाहरूलाई प्रभावकारी रूपमा उजागर गर्दै संघलाई थप सक्रिय र सशक्त बनाउने अपेक्षा गरिएको जनाइएको छ।

प्रतिक्रिया