info@elocalnepalkhabar.com

फ्रान्सका किलियन एम्बाप्पेले रचे विश्वकपमा सर्वाधिक २२ गोल को कीर्तिमान ।

३ श्रावण बिरगंज । फ्रान्सका स्ट्राइकर किलियन एम्बाप्पे फुटबल बिश्वकपका सर्बाधिक गोलको किर्तिमान रचेका छन । जारी फिफा विश्वकप २०२६ को तेस्रो स्थानको खेलमा इङ्ल्याण्ड विरुद्ध २ गोल गरि २२ गोल को किर्तिमानी संख्या पुर्याएका एम्बाप्पे जारी विश्वकपमा पनि सर्वाधिक १० गोल गरेका हुन । एम्बाप्पेले अर्जेन्टिनाका कप्तान मेस्सिको २१ गोलको कीर्तिमान भङ्ग गरेका हुन तर मेस्सी भने आज हुने फाइनल खेल मा फेरि गोल गरि आफ्नो किर्तिमान बढाउन सक्ने अवसर रहेको छ । 

त्यसैगरी आजको खेलमा फ्रान्स भने ४-६ ले इङ्ल्याण्ड संग पराजित भयेर ४ थो स्थानमा चित बुझाउनु पर्यो ।

  आज बिहान भएको खेलमा इङ्ग्ल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै ४-० को बलियो अग्रता बनाएको थियो।

तेस्रो मिनेटमा डेक्लान राइसले गोल गर्दै इङ्ग्ल्यान्डलाई अग्रता दिलाए। त्यसपछि १८औं मिनेटमा एज्री कोन्सा र ३७औं तथा पहिलो हाफको इन्जुरी समयमा बुकायो साकाले गोल गर्दै पहिलो हाफमै खेल ४-० मा पुर्‍याए।

दोस्रो हाफमा भने फ्रान्सले आक्रामक प्रदर्शन गर्‍यो। ४८औं र ६६औं मिनेटमा किलियन एमबाप्पे तथा ५४औं मिनेटमा ब्राड्ली बारकोलाले गोल गर्दै फ्रान्सलाई खेलमा फर्काए। फ्रान्सले बराबरी गर्ने केही उत्कृष्ट अवसर पनि गुमायो।

एमबाप्पेका २ गोलसँगै उनले विश्वकपमा आफ्नो कुल गोल संख्या २२ पुर्‍याउँदै अर्जेन्टिनाका लियोनेल मेस्सीलाई पछि पारेर विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बने। साथै उनी गोल्डेन बुटको दौडमा पनि शीर्ष स्थानमा पुगे। १० गोलका साथ एमबाप्पेले यसपटकको विश्वकपको अन्त्य गरेका छन् ।

प्रतिक्रिया