info@elocalnepalkhabar.com

टरी क्लब अफ बिरगंज मेट्रोपोलिसको २४ औ पद हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम सुसम्पन्न ।

लालबाबु सिंह ८ श्रावण बिरगंज ।

रोटरी क्लब अफ बिरगंज मेट्रोपोलिसको वर्ष २०२६–२७को पद हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम शुक्रबार बिरगंज आदर्शनगरस्थित पुजन होटलको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ।



क्लबका अध्यक्ष राजकिशोर प्रसादको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिशिस्ट अतिथिहरु क्लबका एन्डिजी अमित गिरिको प्रमुख अतिथ्यमा पर्सा प्रहरी प्रमुख प्रउ सुदिप राज पाठक , पुर्व डिजि संजय गिरि,एजि बिष्णु पुरी , पुर्व एजि राम प्रसाद शर्मा ,डिष्ट्रीक प्रतिनिधि कुमोद त्रिपाठी ,क्वेष्ट फर्माका डाइरेक्टर वरिष्ठ समाजसेवी पृथ्वी राज भण्डारि ( निजु ) ,प्रतीक प्रकाशनका सन्चालक वरिष्ठ पत्रकार जगदिश शर्मा,बिरगंज कपडा बैंकका अध्यक्ष संचारकर्मी लालबाबु सिंह,संचारकर्मी जगत राई लगायत विभिन्न क्लब ,संघ संस्थाहरुका प्रतिनिधीहरु, क्लबका पदाधिकारी सदस्यहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।


सो अवसरमा २०२५/२६ का निवर्तमान अध्यक्ष संजय जोशीले  २०२६/२७ का अध्यक्ष–निर्वाचित  राजकिशोर प्रसादलाई क्लबको माला साचो, माईनेट बुक तथा आवश्यक कागजात हस्तान्तरण गर्दै औपचारिक रूपमा पद हस्तान्तरण गरेका थिए ।


नवनिर्वाचित अध्यक्ष राजकिशोर प्रसादले निवर्तमान अध्यक्ष जोशी र सम्पुर्ण पदाधिकारी सदस्यहरुलाइ वर्ष २०२५/२६ मा एकदमै उदाहरणिय कार्यक्रमहरु जो निकै सराहनीय रहेको प्रसंशा गर्दै हार्दिक धन्यवाद दिएका थिए । साथै प्रसादले आगामी कार्यकालका लागि क्लबको वार्षिक परियोजना तथा कार्ययोजना प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा नेतृत्व विकास तथा मानवीय सेवालाई प्राथमिकतामा राखेर प्रभावकारी कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै वहांले नया सदस्य थपेर धेरै आकर्षित रूपमा नया टोलीको गठन गर्नु भयो। 

 नया कार्यसमितिको अध्यक्षमा राजकिशोर प्रसाद,प्रेसिडेन्ट ईलेक्ट मा चन्दन सिंह ,प्रेसिडेन्ट नोमेनी मा प्रभात रुङटा, उपाध्यक्ष हरिओम साह  ,सचिवमा सौरभ बर्णवाल  ,कोषाध्यक्षमा  चंचला दास ,डाइरेक्टर क्लब एडमिन ड्र. अशोक दास,डाइरेक्टर सर्विस प्रोजेक्ट सुरेन्द्र बतास,डाइरेक्टर मेम्बरशिप ड्र. चन्दन बैनर्जी,डाइरेक्टर पब्लिक रिलेशन डा. मनोज उपाध्याय ,डाइरेक्टर रोटरी फाउन्डेसन पृथ्वी राज भण्डारी ,एडिटर जगदिश शर्मा,सर्जेन्ट एट आर्मस एस पि वर्मा,आरजे सर्विस प्रोजेक्ट पवन तुल्स्यान,युथ सर्भिस शशी रन्जन कलवार,एडिकशन एण्ड प्रेभेन्सन शलिकराम प्रसाद,स्ट्रेजिक प्लानिङ्ग सन्जय साह,क्लब ट्रेनर विनित लोहिय,क्लब मेन्टर सन्दीप मेहता ,ईन्टरनेशनल डाइरेक्टर दिपराज क्याल,ईन्भारमेन्ट चैर प्रकाशमान सिंह अमात्य र आईटी रोबिन श्रेष्ठ पदाधिकारी सदस्यहरु रहेका छन ।


सो कार्यक्रममा प्रमुख अतिथिले शुभकामना मन्तव्य व्यक्त गर्दै रोटरी क्लब समाजसेवाको क्षेत्रमा सदा झै गतवर्ष जोशीको नेतृत्वमा  निकै सराहनिय कार्य गरेको र आउदो समयमा पनि क्लबले समाज सेवामा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै शुभकामना प्रकट गर्नुभयो।


सो हि अवसरमा वर्ष २०२५/२६ मा क्लबले निकै सराहनीय कार्य गरेकोले निवर्तमान अध्यक्ष संजय जोशीलाई सफल कार्यकालको सम्मानस्वरूप 'टोकन अफ लभ' प्रदान गर्नुभएको थियो।


सो हि अवसरमा निवर्तमान अध्यक्ष  संजय जोशीले वर्ष २०२५ /२६ मा आफ्नो टिमले गरेका विभिन्न कार्यक्रमहरु लगायत सम्पुर्ण गतिविधिहरुको विवरण पेश गरेका थिए । साथै विभिन्न समाजसेवी एवं रोटरीएनहरु लगायत ३० भन्दा  बढी जनालाइ सम्मान गरेका थिए ।


कार्यक्रमको अन्त्यमा निवर्तमान अध्यक्ष सन्जय जोशीले आफ्नो अमुल्य साथ दिएर कार्यकाल सफल बनाइदिन सहयोग गर्ने सम्पूर्ण पदाधिकारी सदस्यहरु ,पुर्व पदाधिकारिहरु प्रती आभार प्रकट गर्दै आजको कार्यक्रममा आफ्नो अमुल्य समय निकालेर शुभकामना प्रदान गर्ने प्रमुख अतिथी ,बिशिस्ट अतिथी,अतिथिहरु, शुभेच्छुक तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।

कार्यक्रममा स्वागत मन्तव्य संजय साहले गरेका थिए भने सहजीकरण क्लबका  सौरभ बरनवाल र रेशु अग्रवालले गरेका थिए ।

प्रतिक्रिया