info@elocalnepalkhabar.com

वीरगञ्जबाट चम्किँदै अनूप तिवारी–अशोक आर्यन ! ‘स्वर्गकी परी’ ले बजार ततायो

वीरगञ्ज । कला र संगीत क्षेत्रमा वीरगञ्जबाट उदाएका प्रतिभाहरू यतिबेला चर्चाको केन्द्रमा छन्। वीरगञ्जकै गायक अनूप तिवारी र यहीँबाट आफ्नो अभिनय यात्रा सुरु गरेका कलाकार अशोक आर्यनले नयाँ गीत “स्वर्गकी परी” मार्फत दर्शक–श्रोताको मन जित्न सफल भएका छन्।


‘कुम्भ’ चलचित्रका लागि तयार गरिएको यस गीतमा अनूप तिवारी र चर्चित गायिका अञ्जु पन्तको सुमधुर आवाज रहेको छ। गीतको संगीत पनि स्वयं अनूप तिवारीले दिएका हुन् भने शब्द रचना रन्धिर श्रेष्ठले गरेका छन्।

https://youtu.be/FaX3XlIXUKE

संगीत संयोजन सुमन तामाङले गरेका छन् भने रेकर्डिस्टका रूपमा अनिश योञ्जनले काम गरेका छन्। गीतको रेकर्डिङ च्याङ्बा स्टुडियो र त्रिताल रेकर्डिङ स्टुडियोमा गरिएको हो। मिक्सिङ तथा मास्टरिङ पनि सुमन तामाङले नै गरेका हुन्, जसले गीतलाई थप उत्कृष्ट बनाएको छ।

प्रतिक्रिया