info@elocalnepalkhabar.com

मेस्सीको जादु फेरि चल्यो, अर्जेन्टिनाले अन्तिम समयमा शानदार पुनरागमन गर्दै २-१ ले इङ्ग्ल्यान्डलाई हराउदै फाइनलमा ।

लालबाबु सिंह, ३२ असार, वीरगंज


विश्व विजेता अर्जेन्टिनाले अन्तिम समयमा शानदार पुनरागमन गर्दै इङ्ग्ल्यान्डलाई २-१ ले पराजित गरी फिफा विश्वकप २०२६ को फाइनलमा स्थान पक्का गरेको छ। मेस्सीको २ वटा शानदार असिस्टको सहयोगमा भएको गोलले अर्जेन्टिनालाई खेल जित्न सफल बनाएको छ।



अटलान्टा स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा इङ्ग्ल्यान्ड ५५औँ मिनेटमा एन्थोनी गोर्डनको गोलमार्फत अग्रता लियो। मोर्गन रोजर्सको उत्कृष्ट पासलाई गोर्डनले पोस्ट नजिकबाट गोलमा परिणत गरे।


यसअघि पहिलो हाफमा दुवै टोलीले केही राम्रा अवसर पाएका थिए। इङ्ग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्डले निको गोन्जालेजको प्रहार उत्कृष्ट ढंगले बचाए भने एलेक्सिस म्याक एलिस्टरको हेडर पोस्टमा लाग्यो।


खेल इङ्ग्ल्यान्डको पक्षमा जाँदै गरेको देखिए पनि, यस विश्वकपमा खेलको कथा बदल्न माहिर अर्जेन्टिनाले अन्तिम ५ मिनेटमा खेलको कथा नै बदलिदियो। ८५औँ मिनेटमा कप्तान लियोनेल मेस्सीको पासमा एन्जो फर्नान्डेजले शानदार गोल गर्दै बराबरी गरे।


त्यसपछि इन्जुरी समयको दोस्रो मिनेटमा फेरि मेस्सीकै पासमा लाउटारो मार्टिनेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई २-१ को रोमाञ्चक जित दिलाए।


यो जितसँगै साविक विजेता अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको छ। अब अर्जेन्टिनाले आइतबार लगातार दोस्रो र कुल चौथो उपाधि जित्न स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया