info@elocalnepalkhabar.com

“मानवताकी मिसाल: आराध्या श्रीवास्तवको पहल—बेवारिसे शवको अन्तिम संस्कारदेखि भोकालाई भोजन!”

वीरगंजमा सामाजिक अभियन्ता आराध्या श्रीवास्तवले मानवताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै नयाँ अभियान सुरु गरेकी छन्। उनले सडकमा बेवारिसे अवस्थामा मृत्यु भएका व्यक्तिहरूको सम्मानपूर्वक अन्तिम संस्कार गर्ने निर्णयसँगै, शहरका भोकै रहेका माग्ने, रिक्सा चालक तथा गरिब वर्गलाई निःशुल्क खाना खुवाउने अभियान सञ्चालन गर्ने घोषणा गरेकी हुन्।


उनको यो कदमले समाजमा मानवता अझै जीवित रहेको सन्देश दिएको छ। “कोही पनि बेवारिसे भएर मर्नु वा भोकै बस्न बाध्य हुनु हुँदैन,” भन्दै उनले सबैलाई साथ दिन आग्रह गरेकी छन्। स्थानीयवासीले उनको पहललाई सराहना गर्दै सहयोगको हात बढाउन थालेका छन्।

प्रतिक्रिया