पर्सा जिल्ला क्षेत्र–१ का सांसदले पार्टीभित्र अनुशासन उल्लंघन गर्नेहरूप्रति कडा सन्देश दिएका छन्। उनले स्पष्ट रूपमा भनेका छन् कि “अहिले पार्टीको टिकट दिन्छु, दिलाउँछु वा उम्मेदवार बनाउँछु” भन्ने व्यक्तिहरूलाई कारबाही गरिनेछ।
उनका अनुसार केही व्यक्तिहरू मिडिया ट्रायलमार्फत चर्चामा आए पनि उनीहरू पार्टीका आधिकारिक उम्मेदवार होइनन्। उनले जोड दिँदै भने, “त्यस्ता पात्रहरू हाम्रो पार्टीबाट मेयर त परै जाओस्, वडा अध्यक्ष र सदस्य ९नसस० को समेत उम्मेदवार होइनन्।”
सांसदको यो अभिव्यक्तिले पर्साको स्थानीय राजनीतिमा नयाँ तरंग ल्याएको छ भने पार्टीभित्र अनुशासन र आधिकारिक प्रक्रियामाथि ध्यान केन्द्रित भएको देखिन्छ।
१८ बैशाख २०८३, शुक्रबार ०१:०५ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com