आकाश कुमार पटेल
वीरगञ्ज, ८ जेठ
आज वीरगञ्ज महानगरपालिका वडा नं. ५ कुम्हालटोलमा कुम्हालटोल प्रिमियर लिग (KPL) सम्बन्धी प्रेस मिट मार्फत कार्यक्रम को जानकारी गराइएको छ। कार्यक्रम आयोजक समितिका सन्तोष जयसबाल , सनी पटेल, क्रिस भण्डारी तथा सोनु मुखियाको विशेष उपस्थितिमा सम्पन्न भएको थियो भने कार्यक्रम को उद्घोष सुरज कुर्मीज्यूले गर्नुभएको थियो।
कार्यक्रममा प्रतियोगितामा सहभागी चारवटै टिमका क्याप्टेन तथा ओनरहरूको सहभागिता रहेको थियो। प्रतियोगितालाई व्यवस्थित तथा सफल बनाउन विभिन्न विषयमा छलफल गरिएको आयोजक समितिले जनाएको छ।
कुम्हालटोल प्रिमियर लिग (KPL) भोलि बिहान ७ बजेदेखि वीरगञ्जको आदर्शनगर ग्राउन्डमा औपचारिक रूपमा उद्घाटन हुने जानकारी प्राप्त भएको छ। प्रतियोगितालाई लिएर स्थानीय खेलप्रेमीहरूमा उत्साह देखिएको छ।
सहभागी टिमहरू :-
१. कुम्हालटोल वरियर्स
2. फोनिक्स नाइट राइडर
3. रोको रोयल्स
4. भण्डारी सेना
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com