वीरगञ्ज |
प्याब्सन वीरगञ्जका अध्यक्ष राहुल श्रीवास्तव ले सुनसरी जिल्लामा हालै भएको धार्मिक द्वन्द्वको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दोषीमाथि निष्पक्ष अनुसन्धान गरी कानुनबमोजिम कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।
उनले नेपाल धार्मिक, सांस्कृतिक तथा जातीय विविधताबीचको सहअस्तित्वको उत्कृष्ट उदाहरण रहेको उल्लेख गर्दै कुनै पनि बहानामा सामाजिक सद्भाव खलबल्याउने गतिविधि स्वीकार्य नहुने बताए। उनका अनुसार भावनामा बहकिएर वा अपुष्ट सूचनाका आधारमा हिंसात्मक गतिविधिमा संलग्न हुनु समाजका लागि घातक हुन सक्छ।
श्रीवास्तवले घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्। साथै, दोषी जो–कोही भए पनि कानुनको दायरामा ल्याएर कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।
उनले सरकार तथा सम्बन्धित निकायलाई घटनाको निष्पक्ष, गहिरो र शीघ्र अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेका छन्। ढिलासुस्ती वा राजनीतिक प्रभावका कारण न्यायमा असर पर्न नहुने उनको भनाइ छ।
साथै उनले सम्पूर्ण हिन्दु तथा मुस्लिम समुदायलाई संयमता अपनाउन, सामाजिक सञ्जालमा फैलिने अफवाह वा उत्तेजक सामग्रीको पछि नलाग्न तथा आपसी सद्भाव र सहिष्णुता कायम राख्न आग्रह गरेका छन्।
उनले भने, "आजको आवश्यकता विभाजन होइन, संवाद हो। हाम्रो शक्ति हाम्रो एकतामा छ, र यही एकताले राष्ट्रलाई शान्ति, स्थायित्व र समृद्धितर्फ अगाडि बढाउन सक्छ।"
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com