नेपालमा आज (बिहीबार) सुन–चाँदीको बजारमा ठूलो गिरावट आएको छ। बुधबार प्रतितोला सुनको मूल्य तीन लाख सात हजार सात सय रुपैयाँ रहेकोमा आज घटेर तीन लाख दुई हजार तीन सय रुपैयाँ पुगेको छ। दुई दिनमा सुनको मूल्य प्रतितोला ७६०० रुपैयाँ घटेको हो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला पाँच हजार एक सय ५० रुपैयाँ रहेको चाँदी आज घटेर ५,१०० रुपैयाँ मा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४,८५१ अमेरिकी डलर मा कारोबार भइरहेको छ, जसले नेपाली बजारमा मूल्य घट्ने संकेत दिएको छ। विशेषज्ञहरूले बजार अस्थिर रहेको भन्दै सुन किनबेच गर्दा सचेत रहन सल्लाह दिएका छन्।
५ चैत २०८२, बिहिबार ११:३७ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com