लालबाबु सिंह १३ जेठ बिरगंज ।
बिरगंज मेनरोड क्षेत्रमा सरकारले गरेको घर/संरचना हटाउने कारबाही पछि प्रभावित स्थानीय बासिन्दाहरूले बुधबार साँझ शान्तिपूर्ण मैनबत्ती जुलुस निकालेर विरोध प्रदर्शन गरेका छन्। बिरगंज को आदर्शनगर चौकबाट शुरु भएको उक्त जुलुसमा प्रभावित परिवार तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो। प्रदर्शनकारीहरूले पुनर्वास तथा क्षतिपूर्तिको माग उठाएका छन्।


स्थानीयवासीहरूका अनुसार सरकारी निकायले सञ्चालन गरेको हटाउने कार्यका क्रममा उनीहरूको घर तथा संरचनामा क्षति पुगेको छ र उचित व्यवस्थापनबिना गरिएको यस्तो कारबाहीले उनीहरूको जीवनमा गम्भीर समस्या उत्पन्न भएको छ। उनीहरूले तत्काल क्षतिपूर्ति, वैकल्पिक व्यवस्था तथा मानवतामूलक समाधानको माग गरेका छन्।
मैनबत्ती जुलुसका क्रममा सहभागीहरूले शान्तिपूर्ण रूपमा “हाम्रो घर सुरक्षित गर"," डोजर आतंक बन्द गर", हामिलाइ न्याय चाहिन्छ”, “मेनरोडलाइ सहरी सडक घोषणा गर", र “मानवताको सम्मान गर” जस्ता नारा लगाउँदै घण्टाघर पुगेर कोणसभामा परिणत हुदै आफ्ना मागहरू प्रस्तुत गरेका थिए।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com