काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटमा कर्मचारी, कृषक, महिला तथा ऊर्जा क्षेत्रलाई केन्द्रमा राख्दै विभिन्न महत्वाकांक्षी कार्यक्रम घोषणा गरेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिइएको जानकारी दिए। बजेटमार्फत राष्ट्रसेवक कर्मचारीहरूको तलब वृद्धि गर्ने घोषणा गरिएको छ भने ऊर्जा क्षेत्रमा ठूलो फड्को मार्ने लक्ष्यसहित थप १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने बताइएको छ।
कृषि क्षेत्रलाई व्यवसायिक बनाउन सरकारले कृषि तथा पशुजन्य उत्पादनमा न्यूनतम २ करोड रुपैयाँ लगानी गर्ने कृषकलाई ४० प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरेको छ। यसले कृषि उत्पादन वृद्धि र रोजगारी सिर्जनामा टेवा पुग्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, महिलाको सुरक्षित यात्रालाई प्राथमिकता दिँदै सिसी क्यामेरा जडित ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने घोषणा गरिएको छ। यो योजनालाई महिला सुरक्षा र सहज सार्वजनिक यातायाततर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
सरकारले बजेटमार्फत उत्पादन, रोजगारी, पूर्वाधार विकास तथा आर्थिक सुधारलाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com