info@elocalnepalkhabar.com

“क्रिकेट मैदानदेखि कक्षाकोठासम्म — ईशिकाले बनाइन् नयाँ इतिहास!”

माउन्ट मकालु स्कुलकी छात्रा मधेश प्रदेश महिला क्रिकेटकी चम्किलो तारा बनेकी छन्। 

कक्षा १० मा अध्ययनरत ईशिका पटेलले पार्सा महिला क्रिकेट टोलीलाई प्रथम मधेश प्रदेश महिला क्रिकेट प्रतियोगिताको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेपछि विद्यालयले उनलाई विशेष सम्मानसहित ५०% छात्रवृत्ति प्रदान गरेको छ। 


उनको उत्कृष्ट प्रदर्शनले अहिले वीरगञ्ज मात्रै होइन, समग्र मधेशमै चर्चा बटुलेको छ। विद्यालयले ईशिकालाई मेहनत, अनुशासन र समर्पणको प्रेरणादायी उदाहरण भन्दै सम्मान गरेको हो।

उनको सफलताले धेरै छात्राछात्रालाई खेलकुदतर्फ अघि बढ्न प्रेरणा मिलेको विद्यालयको भनाइ छ।
भविष्यमा अझ ठूलो सफलता हासिल गर्ने शुभकामना!

प्रतिक्रिया