info@elocalnepalkhabar.com

" मिसन नेपाली फर्टिलाईजर्स " उद्देश्य बाेकेकाे राजेश्वरि मेनुफ्याक्चरर्स द्वारा बारामा कृषि सचेतना कार्यक्रम सम्पन्न ।

लालबाबु सिंह १४ जेष्ठ बिरगंज ।बारा,नेपालमा अहिले किन उत्पादनकाे कमि महशुस भैरहेकाेछ,किन कुनै समय अन्न निर्यात गर्ने देशमा आज उत्पादनमा कमि भैरहेकाे छ ,के कमि भयाे,कसरी माटाे र उत्पादनमा सुधार गर्ने भन्ने विषयमा जानकारि गराउने उद्देश्यले राजेश्वरी म्यानुफ्याक्चर्सले कलैया उपमहा- नगरपालिका वडा नं १६ मोतिसरको सामुदायिक भवनमा  वडाध्यक्ष श्री ध्रुव राउत अहिरकाे आह्वान  र ट्रेड युनियन पर्साका बिजय पाैडेलकाे सकृयतामा बिहिबार कृषि सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

"मिसन नेपाली फर्टिलाईजर्स" उद्देश्य बाेकेकाे राजेश्वरि मेनुफ्याक्चरर्सका तर्फबाट हृदय राज गाैतमले माटाेमा भएकाे समस्या र सो को समाधान काे बारेमा बताउदै माटोमा 

अम्लियपना बढ्दै गएकाे छ जस्का कारण कम्तिमा ३% रहनुपर्ने जैविक तत्व निष्कृय हुँदै गइरहेको छ,जस्का कारण माटाे अस्वस्थ्य भएकाे कुरा प्रकाश पार्नुभएकाे थियाे।साथै,अम्लियपना सुधार गर्नुका साथ साथै जैविक तत्वकाे सकृयता पनि  गर्न सक्ने "एबिसि र ईबिडि प्रबिधि" प्रयाेग गर्न सुझाउनु भएकाे थियाे।

एबिसि र ईबिडि प्रबिधि जिवाणु तत्वलाई सकृय पार्दै,अम्लियपनामा सुधार ल्याउने,माटाेमा थन्किएर बन्द अवस्थामा रहेका पाेषक तत्वलाई खाेल्ने,उत्पादकत्व बढाउन बाहिरबाट आर्थिक ब्ययभार बाेहाेर्नुपर्ने  रसायनिक ह्युमिक एसिड हाल्नु नपर्ने, माटाेकाे जलधारण र मलधारण क्षमता बढाउनुका साथै बिरुवाका जरा गहिराइ सम्म पुर्याउन मद्दत गर्दछ,याे प्रबिधि नेपालकाे माैलिक प्रबिधि हाे जस्काे खाेज आफुले निकै समयको खोज र मेहनतले बनाउन सफल भएको याे प्रबिधि १००% जैबिक,स्वदेशि हुनुका साथै माटाेमा अम्लियपना हटाउन र जैबिक सकृयता बढाउने परम्परागत प्रबिधि भन्दा ८०% ले सस्ताे पर्न जाने समेत जानकारी दिए ।

सो अवसरमा वडाध्यक्ष अहिरले हाम्रा यस्ता माैलिक पद्धतिलाई सँरक्षण र सम्बर्द्धनमा गर्नुपर्ने हामी किसानहरुको हक हित रहेकोमा जाेड दिदै सहभागी किसानहरु लाइ हार्दिक धन्यवाद दिदैँ , जैविक खेतिकाे लागि आफू पुर्ण कटिबद्ध रहेकाे जानकारि दिनु भयाे।

आजकाे कार्यक्रममा सहभागी स्थानिय दर्जनाै कृषकहरुले गौतमको तार्किक कुरा सुनेर आफ्नो खेतको माटोको उपजहरु बढने भएको भन्दै  खुशी हुँदै आउने समयमा यसको प्रयोग गर्ने जनाएका थिए ।

प्रतिक्रिया