वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत पर्साले जारी गरेको पक्राउ पुर्जीपछि फरार रहेका मेयर सिंहलाई विशेष प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरी स्रोतका अनुसार मेयर सिंह अदालतबाट पक्राउ आदेश जारी भएपछि सार्वजनिक सम्पर्कबाट टाढा रहेका थिए। गोप्य सूचनाको आधारमा गरिएको विशेष अपरेशनमार्फत उनलाई पर्साको ठोरी क्षेत्रबाट पक्राउ गरिएको बताइएको छ।
लिखत सम्बन्धी कसुरको आरोपमा मेयर सिंहसहित अन्य व्यक्तिविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। स्थानीयवासीको जाहेरीपछि सुरु भएको अनुसन्धानका क्रममा अदालतले पक्राउ आदेश दिएको जनाएको छ।
हाल मेयर सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाले वीरगञ्जको राजनीतिक वृत्तमा तरंग सिर्जना गरेको छ भने यस विषयले सर्वसाधारणको चासो समेत बढाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com