काठमाडौं । रवि लामिछाने ले पर्सास्थित सहकारी ठगी प्रकरणमा अदालत उपस्थित नहुँदै पनि कानुनी प्रक्रिया अगाडि बढाउन पाउने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रहेका लामिछानेलाई जिल्ला अदालत पर्साले वारेसमार्फत मुद्दा लड्न अनुमति दिएको हो।
जिल्ला अदालत पर्सा का न्यायाधीश सुमन कुमार न्यौपानेको इजलासले बिहीबार यस्तो आदेश जारी गरेको हो। यस निर्णयसँगै अब लामिछाने स्वयं अदालतमा उपस्थित भएर तारेख धाउनुपर्ने बाध्यता हटेको छ।
यसअघि उनी बुधबार अदालत पुगेर तारेख बुझेका थिए र सोही क्रममा वारेसको माग गरेका थिए। अदालतले उक्त मागलाई स्वीकार गर्दै कानुनी प्रतिनिधिमार्फत मुद्दा अघि बढाउने बाटो खुला गरिदिएको हो।
पर्साको सानोपाइला बचत तथा ऋण सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेका लागि यो निर्णयले ठूलो राहत दिएको कानुनविद्हरूको बुझाइ छ। अब उनी राजनीतिक तथा संसदीय जिम्मेवारीमा केन्द्रित रहँदै कानुनी लडाइँ पनि सँगसँगै अगाडि बढाउन सक्नेछन्।
उल्लेखनीय छ कि लामिछाने चितवन–२ बाट निर्वाचित सांसद हुन् र पछिल्लो समय उनीमाथि लागेको सहकारी प्रकरणले राजनीतिक वृत्तमा निकै चर्चा पाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com