७ जेष्ठ रक्सौल । भारतको सिमावर्ती शहर रक्सौल क्षेत्रका सयौं रैयतहरू लाई खामहाल भूमि सम्बन्धी नोटिसबाट राहत दिलाउने दिशामा प्रशासनिक पहल तीव्र भएको छ । बिहार सरकारको राजस्व तथा भूमि सुधार विभागले पूर्वी चम्पारण (मोतिहारी) का समाहर्तालाई पत्र पठाउँदै विभागीय प्रावधानअनुसार उचित कारबाही सुनिश्चित गर्न तथा गरिएको कारबाहीबारे विभागलाई जानकारी गराउन निर्देशन दिएको भारत विकास परिषद रक्सौल शाखा अध्यक्ष रजनिश प्रीयदर्शिले बताएका छन ।
यो पहल रक्सौलका बिहार विधान सभा सदस्य एवं कारा सुधार समितिका सदस्य प्रमोद कुमार सिन्हाले विधानसभा तथा सम्बन्धित निकायसमक्ष यो विषयलाई प्रमुखताका साथ उठाएपछि सम्भव भएको बताइएको छ । विधायक सिन्हाले रक्सौल क्षेत्रका रैयतहरू लाई खामहाल भूमि नोटिसका कारण भइरहेको समस्यालाई गम्भीरता र संवेदनशीलताका साथ सरकारसमक्ष राखेका थिए ।
राजस्व तथा भूमि सुधार विभागका उपसचिवद्वारा जारी पत्रमा प्राप्त आवेदन तथा उपलब्ध तथ्यहरूको आधारमा विभागीय पत्र तथा प्रावधानअनुसार आवश्यक अगाडि कारबाही गर्न तथा त्यसको जानकारी विभागलाई उपलब्ध गराउन स्पष्ट निर्देशन दिइएको छ ।
यस प्रशासनिक पहलपछि रक्सौल क्षेत्रका रैयतहरूमा आशा जागेको छ । सामाजिक, धार्मिक तथा व्यावसायिक संघ–संस्थासँग आबद्ध व्यक्तिहरूले विधायक प्रमोद कुमार सिन्हाको प्रयासको प्रशंसा गर्दै उहाँलाई जनहितप्रति समर्पित तथा सजग जनप्रतिनिधि बताएका छन् ।
मुरला पञ्चायतका पूर्व मुखिया बाल्मीकि प्रसाद, भारत विकास परिषद रक्सौलका अध्यक्ष रजनीश प्रियदर्शी, रक्सौल चेम्बर अफ कमर्सका अध्यक्ष राकेश कुशवाहा, कार्यकारी अध्यक्ष आलोक कुमार श्रीवास्तव, लायन्स क्लब रक्सौलका अध्यक्ष बिमल कुमार सर्राफ, टेक्सटाइल चेम्बर अफ कमर्सका अध्यक्ष अरुण कुमार गुप्ता, इन्डो नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजकुमार गुप्ता, सूर्य मन्दिर समितिका सचिव शम्भु प्रसाद चौरसिया, श्रीराम जानकी मन्दिर समिति सह विवाह भवनका अध्यक्ष विनोद गुप्ता लगायत सुरेश कुमार, उमेश सिकारिया, रामाशंकर प्रसाद, संजय कुमार, पुरुषोत्तम वर्णवाल, सुरेश कुमार शर्मा तथा रामाशंकर शर्मा सहित अनेक रैयतहरूले विधायकप्रति आभार व्यक्त गरेका छन् ।
भारत विकास परिषद शाखा रक्सौलका अध्यक्ष रजनीश प्रियदर्शीले विधायक सिन्हाले रक्सौल क्षेत्रका रैयतहरूको समस्या सरकारसम्म पुर्याउन देखाएको तत्परता र संवेदनशीलता जनसेवाप्रतिको समर्पण तथा जिम्मेवारीको उत्कृष्ट उदाहरण भएको बताए । उहाँले विधायकको सक्रिय पहलका कारण सरकारले विषयलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित अधिकारीहरूलाई आवश्यक कारबाही गर्न निर्देशन दिएको उल्लेख गरे ।
उनले यो पहल केवल प्रशासनिक कारबाही मात्र नभई आम नागरिकका अधिकार तथा समस्याको समाधानप्रति जनप्रतिनिधिको प्रतिबद्धताको प्रमाण भएको बताए । रक्सौल क्षेत्रका जनताले विधायकको निरन्तर प्रयासबाट यस जटिल समस्याको सकारात्मक तथा स्थायी समाधान निस्किने विश्वास व्यक्त गरेका छन् ।
स्थानीयवासीहरूले विधायक प्रमोद कुमार सिन्हा सधैं जनहितका विषयलाई गम्भीरतापूर्वक उठाउने जनप्रतिनिधिका रूपमा परिचित रहेको तथा जनताको आवाज शासन–प्रशासनसम्म प्रभावकारी रूपमा पुर्याउन उहाँको भूमिका सराहनीय रहेको बताएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com