info@elocalnepalkhabar.com

विस्तृत जानकारीका लागि कमेन्ट बक्समा रहेको लिंक खोल्नुहोस्।

लालबाबु सिंह जेष्ठ ३ बिरगंज ।

विश्व सडक सुरक्षा सप्ताह २०२६ को अवसरमा वीरगञ्ज युवा समाजले जिल्ला ट्राफिक कार्यालय पर्सा ,वडा प्रहरी कार्यालय बिर्ता र मुर्लिको सहकार्यमा सवारी दुर्घटना न्यूनीकरणका लागि प्रतिबिम्ब ( रिफ्लेक्टर ) स्टिकर टाँस्ने कार्यक्रम आयोजना सम्पन्न गरेको छ ।

“दुर्घटना न्यूनीकरण हामी सबैको सहभागिता प्रतिबद्धता” भन्ने मूल नाराका साथ बिरगंजको माइस्थान प्राङ्गणबाट विभिन्न नारा अन्कित प्लेयकार्ड सहित सचेतना रयाली निकाली मेनरोड हुँदै घण्टाघरमा पुगि सम्पन्न भएको कार्यक्रममा साइकल ,मोटरसाइकल ,ठेला ,ईरिक्साहरुमा प्रतिबिम्ब स्टिकर टास गरि सचेतना फैलाइएको हो ।

बिरगंज युवा समाजका अध्यक्ष संजीव थापाको अध्यक्षता एवं जिल्ला ट्राफिक कार्यालय पर्सा प्रमुख प्र नि युवराज कटुवाल,वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्र नि बिक्रम सुवेदीको विशिष्ट आतिथ्यमा सम्पन्न सो कार्यक्रममा अतिथिहरु शिक्षाविद समाजसेवी प्रकाश उपाध्याय ,शिक्षाविद मार्टिन मोक्तान घन्टाघर प्रहरी चौकीका प्रसनी धर्मेन्द्र चौधरी ,पर्सा फुटबल संघका अध्यक्ष रोशन गुप्ता, कार्यक्रम संयोजक मनोज गुप्ता,सचिव बिनोद धिमाल,सदस्यहरु जगत गुप्ता, मन्जु भन्डारी ,निखिल भण्डारी ,राज भण्डारी ,राजु गुप्ता,सुशील सिंह ,सुमन पौडेल,निरज श्रेष्ठ ,सुदेश लाखे,बिक्रान्त खनाल, उमेश श्रेष्ठ ,हरेन्द्र यादव,श्याम सुन्दर ठाकुर,श्याम गुप्ता ,अमित गुप्ता  सन्चारकर्मी अभिलाश गुप्ता,आकाश पटेल लगायत समाजका पदाधिकारी सदस्य , ट्राफिक प्रहरी एवं प्रहरीहरुको सहभागिता रहेको थियो ।


सो अवसरमा जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रनी कटुवालले अधिकान्श सवारी दुर्घटना चालकहरुले ट्राफिक नियमको पालनामा लापरबाहीले हुने भएकोले हामी सबैले अनिवार्य रुपमा ट्राफिक नियम पालना गर्ने बानी बसाल्न आवश्यकता रहेको बताउदै युवा समाजको अग्रसरतामा आज खासगरी हलुका सवारी साइकल , ठेला जो अधिकान्श बिपन्न कामदार मजदुर बिद्यार्थीहरुले प्रयोग गर्ने र मोटरसाइकलहरु मा दुर्घटना न्यूनीकरण गर्न प्रतिबिम्बित स्टिकर टासेर जनचेतना फैलाएकोमा आफू निकै खुशी भएको र सबैको हातेमालोले नै दुर्घटना न्यूनीकरण गर्न सकिन्छ भन्दै आयोजक परिवार प्रती आभार ब्यक्त गर्दै विश्व सडक सुरक्षा सप्ताहको सम्पुर्णलाई बधाई शुभकामना दिएका थिए । कार्यक्रममा सवारी साधनमा सो अवसरमा बिरगंज युवा समाजका अध्यक्ष थापाले `` ज्यान छ भने  जहान छ ´´ को मुल मन्त्र आत्मसात गरि विश्व सडक सुरक्षा सप्ताह को अवसर पारी दुर्घटना न्यूनीकरण गर्न प्रतिबिम्ब स्टिकर टाँस्ने तथा सडक सुरक्षा सम्बन्धी जनचेतना फैलाउने उद्देश्य राखि आजको कार्यक्रम गरिएको बताउदै मानिसको जिउज्यान संग प्रत्यक्ष सम्बन्ध भएको यस्तो कार्यक्रम वर्षमा एक पटक सप्ताह मनाउनु पर्याप्त नभएको यसलाइ प्रत्येक महिनामा कम्तीमा १ पटक गर्नु पर्नेमा चिन्तन जोड दिदै जिल्ला ट्राफिक कार्यालय पर्सा, वडा प्रहरी कार्यालय बिर्ता र मुर्ली परिवार तथा सहभागी सम्पुर्ण अतिथी,शुभेच्छुक ,पदाधिकारी सदस्यजन,सन्चारकर्मिजन प्रती आभार ब्यक्त गरेका थिए ।

 सन्चारकर्मी लालबाबु सिंहले सहजीकरण गरेको कार्यक्रममा सहभागीजनले मानिस,समाज देशलाई अति महत्वपूर्ण ट्राफिक सम्बन्धी  यस्ता सचेतनामुलक कार्यक्रमको आयोजनाले सम्पूर्ण सवारी चालक, स्थानीयवासी तथा सरोकारवालालाई सुरक्षित बनाउनेमा विश्वास लिएका थिए र आयोजक परिवारको मुरि मुरि प्रसंशा गरेका थिए  ।

प्रतिक्रिया