info@elocalnepalkhabar.com

जेन जि पर्सा द्वारा बिरगंजका हज यात्रीहरुलाई हज यात्राको शुभकामना एवं बिदाइ कार्यक्रम सम्पन्न ।

 बैशाख २७ बिरगंज । जेन जि पर्साले बिरगंजका हज यात्रीहरुलाई हज यात्राको शुभकामना दिदै बिदाइ गरेका छन। बिरगंज महानगरपालिका वार्ड २ छपकैया चौकमा आज एक कार्यक्रमको आयोजना गरि हज यात्रीहरुलाई बिदाइ गरेको जेन जि सन्जय श्रेष्ठले बताएका छन ।  


सो बिदाइ कार्यक्रममा जेन जि पर्साका संयोजक महादेव प्रसाद कुर्मी ले हजयात्रीहरु लाई शुभकामना दिदै अहिले संसारमा भैरहेको युद्ध तथा द्वन्द्व समाप्त भयेर देश विदेशमा सुख शान्ती समुन्नति आओस भनि हज यात्रीहरुले आफ्नो धार्मिक भ्रमणमा दुवा तथा प्राथना गर्न आग्रह गर्नु भयो। 

त्यस्तै जेनि जि का प्रमुख सल्लाहकार बिरेन्द्र कण्ठले समाजमा धार्मिक सहिष्णुता कायम गर्न र देशमा अमन चयन र शान्तिको लागि दुवा गर्न अग्राह गर्नु भएको सो कार्यक्रममा विभिन्न वार्डका जेन जि इन्चार्जहरु,बिरगंज महानगरपालिकाको जेन जि उपसयोजक, जेन जि अगुवा सल्लाहकारहरु तथा विभिन्न वार्डका जेनि जि हरु लगायत स्थानियहरुको बाक्लो सहभागीता रहेको थियो।

प्रतिक्रिया