लालबाबु सिंह २५ बैशाख बिरगंज ।
सामुदायिक प्रहरी कुम्हालटोलले वडा प्रहरी बिर्ता र ट्राफिक प्रहरी पर्सा को सहयोगमा नागरिक सुनवाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
बिरगंज ५ स्थित मुनलाइट स्कुलमा नागरिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रममा सहभागि ३ स्कुलका विद्यार्थीहरु एवं विभिन्न संस्थाका प्रतिनिधीहरुले लागुऔषध दुर्व्यसनी, ओसारपसार,दाइजो प्रथा ,महिला हिंसा,ट्राफिक संबंधित समस्या, सिमाको मितेरी पुलमा ईरिक्साको भिडभाड ,सवारी साधनहरुको तिव्र गतिले मानिसहरु एवं पशुहरु घाइते भएको , नवयुवाहरुले अत्यधिक गतिमा मोटोरसाइकल हुईकियाएको र रक्सी बेचने पसल अबेर राती सम्म खोलेर बिक्रीवितरण गर्ने लगायत बिद्यार्थीहरु लाइ लाइसेन्स नलिएर चलाउदा दुर्घटना हुने प्रश जिज्ञासा्हरु सोधेका थिए ।
सामुदायिक प्रहरी कुम्हालटोलका अध्यक्ष रमेश चौधरिको सभापतित्व एवं प्रमुख अतिथी बिरगंज वड ५ का वडाअध्यक्ष प्रदिप चौरसिया तथा बिशिस्ट अतिथिहरु वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिक्रम सुवेदी ,ट्राफिक प्रहरी कार्यालय पर्सा प्रमुख प्रहनी निरीक्षक युवराज कटुवाल , वडा ५ का सदस्यहरु सन्जु दहाल,मनोज साह,सुमार्ग बिन्दु आमा फाउन्डेसनका संचालक कोइराला ,बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,कुम्हालटोलटोल सुधार समितिका अध्यक्ष नन्दलाल राउत अहिर, जेलटोल टोल सुधार समितिका अध्यक्ष सन्जय पटेल,कंचनजंघा स्कुलका डाइरेक्टर मार्टिन मोक्तान , पर्सा स्काउटका सन्योजक उमेश कुमार गुप्ता,सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझी ,सहसचिव रामबाबु रायमाझी सदस्यहरु सुमित्रा भुमिहार ,सल्लाहकारहरु सुशिल बर्णवाल ,नरेन्द्र अग्रवाल , स्थानिय युवाहरु धिरेन्द्र चौरसिया( दिपु) प्रज्जवल डङोल,अमर सराफ, सामुदायिक प्रहरी कुम्हालटोलका प्रमुख प्रहरी जवान सुरज सिंह, भगवती टोल सुधार समितिका अनमोल ठकुराइ,नेपाल रेडक्रस सोसाइटी रेशमकोठिका सहकोषाध्यक्ष संचारकर्मी अभिलाष गुप्ता ,अनमोल ठाकुर लगायत मुनलाइट स्कुल ,कंचनजंघा स्कुल र माइस्थान बिधापिठ स्कुलका शिक्षकहरु र कक्षा ९,१० का विद्यार्थीहरुको बाक्लो सहभागिता रहेको थियो ।


सो अवसरमा प्रमुख अतिथी चौरसियाले लागुऔषधको सेवनले शारीरिक एवं मानसिक को साथै आर्थिक सामाजिक रुपले मानिस क्रमिक रुपले निकै कमजोर र बहिष्कृत भयेर अल्पकाल मै अत्यन्तै दुख्द मृत्यु अङालन पुग्ने भएकोले समयमै यसबाट सचेत रहन र अरुलाइ पनि सचेत गराउन कार्यक्रम होस या प्रहरी दिवस कार्यक्रमको सुरुवात एवं विभिन्न चाडपर्वमा सामाजिक सेवाका कार्यक्रम होस या विभिन्न स्कुलहरुमा लागुऔषध , दाइजो प्रथा, महिला हिंसा ,पानीको समस्या लगायत जेष्ठ नागरिक , महिला , युवा ,बिद्यार्थीहरु को लागि विभिन्न सचेतनामुलक कार्यक्रम आयोजना गरि यस ५ का वडावासीको सेवा सहयोग गरिरहेको बताउदै आगामी दिनहरुमा पनि सबैको हातेमालो गरि अगाडि बढने प्रतिबद्धता जनाउदै सम्पुर्णलाई वडासमितीका जनप्रतिनिधि हरु ,प्रहरी, सामुदायिक प्रहरिलाई सुचना प्रदान गरि सहयोग गर्न आग्रह गरे ।
बिशिस्ट अतिथी प्र नि सुवेदीले नेपाल प्रहरी लागूऔषध सम्बन्धी एकदमै कडा तरिकाले कार्य बढाएको छ् जस्मा भारत बाट लागू औषध सेवन गरि आउने दुर्व्यव्सनीहरु लाई सिमानाका मै लगातार पक्राउ गरिरहेको साथै शहर एवं ग्रामिण भेगमा लगातार कडाइ गरिएको साथै हामिले विभिन्न स्कुल एवं सार्वजनिक स्थानहरूमा तार्किक रुपमा जनचेतनामुलक कार्यक्रम मार्फत लगातार बिद्यार्थीहरु लाई सचेत गराउने कार्य गरिरहेको बताउदै अस्ति बिरगंज कै २ बालिकाहरु हराएर भारत पुगेको घटनामा पर्सा प्रहरिले तुरुन्तै भारतिय प्रहरी संग हातेमालो गरि बालिकाहरु सकुशल ल्याउन सफल भएको र त्यसपछि प्रहरीले शंकराचार्यगेटमा इनर्वा प्रहरिको सहयोगमा हेल्प डेक्स नै राखेर चेकजाँचमा कडाइ गर्दै हिजो मात्र केही बालिकाहरु जो भारतको रक्सौलमा किनमेल गर्न गएको भनेकोमा उहाहरुलाइ रोकेर उहाहरुको अभिभावक हरुलाइ बोलाएर जिम्मा लगाइएको थियो र यो कार्य चलिरहने बताउदै हामी सबै हातेमालो गरि अपराधमुक्त शहर ,जिल्ला , देश बनाउन सकिन्छ भन्दै तपाइहरुको सुचनालाई अझ तिव्र बनाउन आग्रह गरेका थिए ।


जिल्ला ट्राफिक पर्साका प्र नि कटुवालले बिरगंजको ट्राफिक व्यवस्थापन निकै चुनौतीपूर्ण कार्य भएको हुदा हुँदै पनि हामिले कम साधनको बावजुद शहर एवं ग्रामीण भेगमा समेत ट्राफिक व्यवस्था चुस्तपुस्त गर्दै आएको र खासगरी ईरिक्सा चालकहरु र युवा मोटरसाइकल चालकहरुले अव्यवस्थित रुपमा वाहन तिव्रगतिमा चलाउने भएकोले बढी दुर्घटना भएको जानकारी गराउदै यसप्रती बिभिन्न स्थानहरुमा जनचेतनामूलक कार्यक्रम गरिरहेको बताए ।
सो अवसरमा सामुदायिक प्रहरी कुम्हालटोलका अध्यक्ष चौधरीले लागुऔषधले हाम्रो बुद्धि लाई नष्ट गरि जीवन नर्क बनाउने भएकोले सो बाट आफू र सबैलाइ बचाउन विद्यार्थीहरु सबैले प्रयास गर्नु पर्नेमा जोड दिदै प्रमुख अतिथी ,वडा प्रहरी कार्यालय,ट्राफिक प्रहरी ,अतिथिहरु एवं स्कुल परिवारलाई धन्यवाद व्यक्त गरेका थिए ।
सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण रायमाझिले स्वागत मन्तव्य गरेका सो कार्यक्रमको सहजीकरण मुनलाइट स्कुलका निर्देशक श्याम केसिले गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com