काठमाडौं । बालेन्द्र शाह ले कूटनीतिक अभ्यासमा नयाँ शैली सुरु गर्ने तयारी गरेका छन्। पहिलोपटक विदेशी राजदूतहरूसँग सामूहिक छलफल आयोजना गर्न लागिएको हो, जसलाई कूटनीतिक क्षेत्रमा फरक र नयाँ कदमका रूपमा हेरिएको छ।
उक्त छलफलमा शिशिर खनाल समेत सहभागी हुने बताइएको छ। उनले नेपालको वर्तमान राजनीतिक अवस्था, सरकारका प्राथमिकता र आगामी योजनाबारे जानकारी गराउनेछन्।
प्रधानमन्त्री निकट स्रोतका अनुसार यसअघि राजदूतहरूसँग छुट्टाछुट्टै भेटघाट गर्ने प्रचलन रहेकोमा अब त्यसलाई परिवर्तन गर्दै एकैपटक सामूहिक संवाद गर्ने अभ्यास अघि बढाइएको हो। प्रधानमन्त्रीका सल्लाहकार असिम शाहले यस कदमले अनावश्यक आवतजावत कम हुने र संवाद अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका छन्।
सरकारको यो निर्णयलाई कूटनीतिक कार्यशैलीमा सुधार र समय व्यवस्थापनको दृष्टिले महत्वपूर्ण मानिएको छ। अबको छलफलले नेपाल–विदेश सम्बन्धमा नयाँ सन्देश दिने अपेक्षा गरिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com