लालबाबु सिंह २९ जेष्ठ बिरगंज ।
" स्वस्थ्य शरीर ,शान्त मन र सकारात्मक जिवनको लागि योग " को मुल नारा लगाउदै लायन्स क्लब बिरगंज सेन्ट्रल सिटिले बिरगंज १५ भिस्वा स्थित नवदिप एकेडेमिमा एक दिने योग शिविरको आयोजना सभ्य एवं भव्य रुपले सम्पन्न गरेको छ ।
लायन्स क्लब अफ बिरगंज सेन्ट्रलसिटी को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नवदीप एकेडेमीको विशेष सहयोग रहेको थियो कार्यक्रम मा विद्यालयका कक्षा १ देखि १० सम्ममा अध्ययनरत विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
लायन्स क्लब अफ बिरगंज सेन्ट्रल सिटिका अध्यक्ष एवं नवोदिप एकेडेमिका सन्चालक सन्स्थापक प्रधानाध्यापक सुशिला साह को अध्यक्षता एवं लायन्स क्लब इन्टरनेशनल ३२५ एस का डिस्ट्रीक गभर्नर डिजी लायन राम बिहारी पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिस्ट अतिथी योग प्रशिक्षक पुर्व प्रधानाध्यापक लालबहादुर महतो कोईरी, अतिथिहरु सन्चारकर्मिहरु बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,जगत राई,अभिलाष गुप्ता,आकाश पटेल लगायत स्कुलका शिक्षक ,कर्मचारीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
सो अवसरमा प्रमुख अतिथि डिजी लायन राम बिहारी पाण्डेले योग गरौ निरोग रहौ नारा मात्र होईन यो हाम्रो शरिरलाई स्वस्थ्य राख्ने गर्ने भएकोले आज योगलाइ विज्ञानको साथै विश्वले नै अंगिकार गरेको छ र आउने २१ जुन लाई विश्व योग दिवस मनाउने गर्दछन । योगले वृद्ध ,युवा, महिला, बालबालिकाको शारीरिक ,मानसिक स्वास्थ्य र सुरक्षा आजको समाजको महत्वपूर्ण विषय भएको बताउँदै विद्यालयस्तरबाटै यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन हुनु सकारात्मक कदम भएको उल्लेख गर्दै नवदिप एकेडेमीका सन्चालक साह र प्रशिक्षक कोईरी प्रती आभार प्रकट गरेका थिए ।
सो अवसरमा अध्यक्ष साहले बालबालिकालाई आत्मविश्वासी, सचेत र सुरक्षित बनाउन हाम्रो प्रयास विभिन्न समयमा विभिन्न जनचेतनामूलक कार्यक्रम मार्फत स्वस्थ्य एक सचेत बनाउने गत्दछौ त्यही क्रममा आज स्कुल परिसरमा योग शिविरको आयोजना गरिएको बयाउदै योगले हामी निरोग रहनुका साथै मानसिक रुपमा स्वथ्य पारी बलियो बनाउने भएकोले हामी सबैले प्रत्येक दिन योग गर्नमा जोड दिदै सहभागी सम्पुर्णलाई हार्दिक आभार ब्यक्त गरेका थिए ।
कार्यक्रममा वक्ताहरूले योगले शारीरिक ,मानसिक स्वास्थ्यलाई बलियो बनाइ एक स्वस्थ्य, असल नागरिक बनाउन महत्त्वपूर्ण भुमिका खेलिरहेको र योगलाइ विद्यालय तहबाटै जनचेतना फैलाउन आवश्यक रहेको बताएका थिए। बालबालिकामा मानसिक रूपमा स्वस्थ, आत्मबलयुक्त र जिम्मेवार नागरिक बनाउने लक्ष्यका साथ यस्ता कार्यक्रम प्रभावकारी हुने उनीहरूको भनाइ थियो।
सो कार्यक्रममा योग प्रशिक्षक महतोले क्रममा बालबालिकालाई योग गर्दा हाम्रो शारीरिक ,मानसिक स्वास्थ्यको महत्व, सकारात्मक सोच, आत्मसम्मान, भावनात्मक सन्तुलन तथा दैनिक जीवनमा अपनाउनुपर्ने व्यवहारिक पक्षबारे विभिन्न योग आसनको प्रयोगात्मक एवं वाचन द्वारा जानकारी गराएका थिए । उहाले हाम्रो हत्केलामा ७२ करोड ७२ लाख १० हजार भन्दा बढी तन्तुहरु भएकोले हामिले समय समयमा ताली पिटन आग्रह पनि गरे
लायन्स क्लब अफ सेन्ट्रल सिटीका अध्यक्ष लायन सुशिला साहले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन क्लबका सचिव पत्रकार कविता खड्काले गरेकी थिइन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com