info@elocalnepalkhabar.com

नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टको व्यावसायिक क्षमता अभिवृद्धि गर्न प्रशिक्षण

वीरगंज । नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टहरूलाई पेशागत जीवनमा प्रवेश गर्न आवश्यक ज्ञान, सीप, मार्गदर्शन तथा करियर विकाससम्बन्धी अभिमुखीकरण प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको “Professional Orientation and Career Empowerment” विषयक एकदिने प्रशिक्षण कार्यक्रम वीरगन्जमा सम्पन्न भएको छ ।



नेपाल इन्जिनियरिङ काउन्सिल (NEC) र नेपाल इन्जिनियर्स एसोसिएशन (NEA) केन्द्रीय कार्यालयको संयुक्त आयोजनामा तथा नेपाल इन्जिनियर्स एसोसिएशन वीरगंज सेन्टर/च्याप्टरको सहकार्यमा होटल पुजन, अलखिया रोडमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको  प्रमुख अतिथिका रूपमा नेपाल इन्जिनियर्स एसोसिएशनका वीरगंज केन्द्रका पूर्व अध्यक्ष इ. रघिब हुसैन तथा विशिष्ट अतिथिका रूपमा नेपाल इन्जिनियर्स एसोसिएशनका केन्द्रीय अध्यक्ष इ. सुभाष चन्द्र बरालको उपस्थिति रहेको थियो भने स्वागत मन्तव्य  वीरगंज केन्द्रका उप सभापती ई. शयाम किशोर दासले राख्नु भएको थियो भने कार्यक्रम संचालन नेपाल इन्जिनियर्स एसोसिएशनका वीरगंज केन्द्रका सचिव ई. मनिष प्रसाद केशरी ज्यूले गर्नु भएको थियो ।

कार्यक्रममा वीरगंज सेन्टर/च्याप्टरका पूर्व अध्यक्ष तथा वरिष्ठ इन्जिनियरहरू, नेपाल इन्जिनियर्स एसोसिएशन मधेश प्रदेश समितिका कोषाध्यक्ष ई. उदित यादव र वीरगंज केनद्रका सभापती लगायत समपूर्ण पदाधिकारी तथा सदस्य ई. रुपेश कुमार चौरसीया तथा निवर्तमान कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको सहभागिता रहेको थियो ।

प्रशिक्षणमा नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टहरूलाई पेशागत जीवनको सुरुवात, करियर विकास, व्यावसायिक दक्षता, कार्यक्षेत्रका अवसर र पेशागत जिम्मेवारीलगायतका विषयमा प्रस्तुतीकरण तथा अन्तरक्रियामार्फत जानकारी दिइएको थियो ।

कार्यक्रममा सहभागीहरूले प्रशिक्षक तथा प्रस्तोताहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै आफ्नो पेशागत जीवन र करियरसँग सम्बन्धित जिज्ञासा राखेका थिए । प्रशिक्षकका रूपमा सुभाष चन्द्र बराल, भरत बान्जारा, रुपेन्द्र बार र डोज थापाले प्रशिक्षण दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन विशिष्ट अतिथिका रूपमा  नेपाल इन्जिनियर्स एसोसिएशनका वीरगंज केन्द्रका पूर्व अध्यक्ष ई. मुन्ना सर्राफ , सदस्य ई. राजेश यादव , बरिष्ठ ई. बिधायान्नद कोइरी र हुलास स्टिल ईन्डस्टरीजका COO ए.के.झा सरले युवा इन्जिनियर तथा आर्किटेक्टहरू देशको विकास र समृद्धिका महत्वपूर्ण साझेदार रहेको बताउनुभयो । उहाँले प्राविधिक दक्षतासँगै व्यावसायिक इमानदारी, नैतिकता, गुणस्तर, अनुशासन र जनहितलाई प्राथमिकतामा राखेर पेशागत यात्रा अघि बढाउन आग्रह गर्नुभयो ।

त्यसतै कार्यक्रमको अन्तयमा  वीरगन्ज केन्द्रका कोषाध्यक्ष ई. एकबाल हुसैनले प्रशिक्क्षक,अतिथी लगायत  सम्पूर्ण सभागी इन्जिनियर तथा आर्किटेक्टहरूलाई धन्यावाद ज्ञापन गर्नु भयो।

 त्यसतै नेपाल इन्जिनियर्स एसोसिएशनका वीरगंज केन्द्रका सचिव ई. मनिष प्रसाद केशरी ज्यूले युवा तथा नवदीक्षित इन्जिनियरहरूको करियर अभिमुखीकरण, व्यावसायिक विकास, मेन्टरसिप तथा क्षमता अभिवृद्धिका कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रशिक्षणमा सहभागी नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टहरूलाई सहभागिताको प्रमाणपत्रसमेत वितरण गरिएको थियो भने नेपाल इन्जिनियर्स एसोसिएशनका वीरगंज केन्द्रका सचिव ई. मनिष प्रसाद केशरी ज्यूले जानकारी गराउनु भयो ।

प्रतिक्रिया