साथ साथ सिकाई संजाल पर्सा द्वारा बिरगंजमा मानव अधिकार रक्षकहरूको अवस्था तथा सवाल र सरोकारवालाको भूमिका विषयक छलफल कार्यक्रमको आयोजना ।
लालबाबु सिंह बैशाख २ बिरगंज । साथ साथ सिकाई संजाल पर्साले मानव अधिकार रक्षकहरूको वर्तमान अवस्था तथा उनीहरूले भोगिरहेका चुनौती र सरोकारवालाहरूको भूमिकाबारे बिरगंजमा छलफल कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम ऋइऋब्ए को सहयोगमा सम्पन्न भएको हो।
छलफलमा ऋइऋब्ए का अन्जु कंडेल, संरक्षण अधिकृत पबित्रा कार्की, नारायणी अस्पताल बिरगंज इऋःऋ प्रमुख हेमा थापा, पोखरिया नगरपालिकाकी पूर्व उपमेयर सलमा खातुन, अधिकारकर्मीहरु ईन्दिरा दहाल,रमिता कुमारी कुश्वाहा,मानकी देवि पन्जियार,लिला विक,कंचन कोईराला ,किरण देवि गुप्ता ,शबनम खातुन,तेतरी देवि,रमिता देवि,संगीता दास,राजेश्वर राम,जिल्ला प्रहरी कार्यालय पर्साको महिला सेलका प्रतिनिधि, सञ्चारकर्मीहरु लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको बाक्लो सहभागिता रहेको थियो।
सो अवसरमा साथ–साथ सिकाइ संजाल पर्सा का संयोजक एवं दलित महिला संघ पर्साका कार्यकारी निर्देशक निला रामले प्रस्तुतिकरण दिँदै मानव अधिकार रक्षकहरूले सामना गरिरहेका समस्याहरू, विशेषगरी महिला तथा किशोरीसँग सम्बन्धित हिंसा, विभेद र सुरक्षाका सवालहरूबारे प्रकाश पार्नुभयो।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com