काठमाडौं । रसुवामा आएको ठूलो बाढीका कारण नुवाकोट, धादिङलगायतका जिल्लामा क्षति पुगेपछि प्रधानमन्त्री बालेन शाहले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक अहिले जारी रहेको छ।
बाढीका कारण विभिन्न क्षेत्रमा जनधनको क्षति हुनुका साथै यातायात, पूर्वाधार तथा स्थानीय जनजीवन प्रभावित भएको प्रारम्भिक विवरणहरू सार्वजनिक भएका छन्। प्रभावित क्षेत्रमा उद्धार तथा राहतका कामलाई तीव्रता दिनुपर्ने अवस्था देखिएको छ।
आकस्मिक बैठकमा बाढीबाट भएको क्षतिको विवरण, प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि तत्काल चाल्नुपर्ने कदमबारे छलफल भइरहेको बताइएको छ।
सरकारले बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकायको परिचालन, उद्धार तथा राहत व्यवस्थापनलाई प्राथमिकतामा राख्ने तयारी गरेको छ। साथै, थप जोखिम हुनसक्ने नदी तथा तटीय क्षेत्रमा आवश्यक सतर्कता अपनाउनसमेत सम्बन्धित निकायलाई निर्देशन दिने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
रसुवाबाट सुरु भएको बाढीको प्रभाव त्रिशूली नदीको तटीय क्षेत्रसम्म देखिएपछि नुवाकोट, धादिङलगायतका जिल्लामा उच्च सतर्कता अपनाइएको छ।
बैठकबाट प्रभावित क्षेत्रका लागि तत्कालीन राहत तथा उद्धारसम्बन्धी महत्वपूर्ण निर्णय सार्वजनिक हुने अपेक्षा गरिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com