चैत्र २९ बिरगंज । प्रमुख अतिथी पर्सा १ का प्रतीनिधीसभा सदस्य हरि पन्तले कंचनजंघा स्कुलका क्भ्भ् परिक्षा दि सकेका कक्षा १० का बिद्यार्थीहरुलाइ सुख्द सफल भविस्यको शुभकामना दिएका छन । कंचनजंघा स्कुल द्वारा आइतबार बिरगंज ८ पानीटन्कीटोल स्थित डायमण्ड पार्टी प्यालेसको सभाहलमा विद्यार्थीहरूको विदाइ कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरूले कक्षा १० का विद्यार्थीहरूलाई औपचारिक रूपमा विदाइ गरेका हुन ।
कार्यक्रमका प्रमुख अतिथि पर्सा १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले देश अहिले परिवर्तनको शुरुवातमा रहेको र यसको मुख्य कारक विद्यार्थी भाइबहिनी जेनजिहरू नै रहेको बताउदै शिक्षा नै जीवन परिवर्तनको मुख्य आधार भएकोले अनुशासन, मेहनत र लक्ष्यप्रति समर्पणका साथ अघि बढ्न र आज विदाइ होइन कि नयाँ यात्राको सुरुवात हो त्यसैले तपाईँहरू जहाँ गए पनि आफ्नो , आफ्नो परिवार ,विद्यालय, गाउठाउ समाज र देशको नाम उज्ज्वल बनाउने गरी अघि बढ्नु पर्नेमा जोड दिएका हुन।
कार्यक्रम कञ्चनजंघा स्कुलका प्रधानाध्यापक बसन्त बुढाथोकीको अध्यक्षता एवं सान्सद हरि पन्तको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बिशिस्ट अतिथिहरु प्याब्सन बिरगंज महानगर अध्यक्ष राहुल श्रीवास्तव, बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाईं, विद्यालयका निर्देशक मार्टिन मोक्तान, चेस संघ बिरगंजका अध्यक्ष सुलभ केसि, प्याब्सन नगर सचिव विजय बल लगायत स्कुलका शिक्षक, अभिभावक एवं विद्यार्थीहरूको बाक्लो सहभागिता रहेको थियो।
सो कार्यक्रममा आयोजित मिस्टर ७ मिस मोडेल प्रतियोगितामा विद्यार्थीहरूले बिभिन्न आकर्षक गीतसंगीत, नृत्य तथा क्याटवाक गर्दै जजको भुमिकामा रहेका मोडेल तथा सन्चारकर्मी युवराज केसरी र युवा अभियन्ता फोटोग्राफर बिजय ठाकुरको विभिन्न प्रशनको जवाब दिदै आफ्नो प्रतिभा देखाएका थिए जस्ले उपस्थित अतिथी अभिभावक शिक्षक विद्यार्थीहरूलाई मनोरञ्जन प्रदान गरि मन जितेका थिए। सो प्रतियोगितामा छात्रा तर्फ ४ जना र छात्र तर्फ ४ जनालाइ शिल्ड एवं प्रमाणपत्र प्रदान गर्नुका साथै सहभागी सम्पुर्णलाई प्रमाणपत्र प्रदान गरि हौसला बढाइएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com