info@elocalnepalkhabar.com

सरकारको निर्णयलाई चुनौती? वैशाख २ बाटै निजी विद्यालयमा भर्ना सुरु गर्ने प्याब्सन काठमाडौँको घोषणा!

काठमाडौं । केन्द्र सरकारले वैशाख १५ गतेदेखि विद्यार्थी भर्ना र २१ गतेबाट पठनपाठन सुरु गर्ने निर्णय गरेसँगै शिक्षा क्षेत्रमा अन्योल देखिएको छ। यही बीच निजी विद्यालयहरूको छाता संगठन प्याब्सन काठमाडौँले भने सरकारी निर्णयभन्दा अघि बढेर आफ्नै तालिका सार्वजनिक गरेको छ।


प्याब्सन काठमाडौँका अध्यक्ष नवराज भट्टले वैशाख २ गतेदेखि भर्ना अभियान सुरु गर्ने तथा वैशाख ७ गतेदेखि विद्यार्थीलाई विद्यालयमा उपस्थित गराई पूर्व तयारी कक्षाहरू सञ्चालन गरिने जानकारी दिएका छन्। साथै वैशाख १५ गतेदेखि नियमित कक्षाहरू सञ्चालन गरिने समेत उनले स्पष्ट पारेका छन्।


स्थानीय तहहरूले पनि आ(आफ्नै निर्णय गर्दै विद्यालय सञ्चालनसम्बन्धी सूचना जारी गर्न थालेपछि अभिभावक र विद्यालय व्यवस्थापनबीच अन्योल बढेको देखिन्छ। यस्तो अवस्थामा प्याब्सन काठमाडौँले आफ्ना सदस्य विद्यालयहरूलाई निर्धक्क भएर शैक्षिक गतिविधि अगाडि बढाउन आग्रह गरेको छ।



प्रतिक्रिया