वीरगञ्ज — त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नर्सिङ क्याम्पसले आफ्नो ५०औँ स्वर्ण जयन्ती उत्सव आज भव्य रूपमा सम्पन्न गरेको छ।
स्वास्थ्य, शिक्षा, प्रशासन तथा सामाजिक क्षेत्रका दर्जनौँ प्रतिष्ठित व्यक्तिहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा क्याम्पस प्रमुख डा। कल्पना पौडेलको अध्यक्षता रहेको थियो। कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा। डा। दीपक अर्याल तथा मधेश विश्वविद्यालयका उपकुलपति प्रा। डा। दीपक शाक्य प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।


त्यसैगरी कार्यक्रममा विश्वविद्यालयका उच्च अधिकारीहरू, चिकित्सक, सुरक्षा निकायका प्रमुखहरू तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
समारोहका अवसरमा क्याम्पसले विगत ५० वर्षदेखि पुर्याउँदै आएको योगदानको समीक्षा गर्दै आगामी दिनमा नर्सिङ शिक्षालाई अझ गुणस्तरीय, व्यावहारिक र समयअनुकूल बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।


यस अवसरमा पूर्व विद्यार्थी, हाल अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले कार्यक्रमलाई थप भव्य र प्रभावकारी बनाएको थियो।
वीरगञ्जका लागि गौरवको विषय मानिएको यस स्वर्ण जयन्ती समारोहले नर्सिङ शिक्षा क्षेत्रमा नयाँ ऊर्जा र प्रेरणा थप्ने विश्वास गरिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com