info@elocalnepalkhabar.com

नववर्षको अवसरमा बिरगंजको श्री बौधिमाइ मन्दिरमा श्री हनुमान आराधना एवं महाआरतीको आयोजना हुने ।

लालबाबु सिंह ३० चैत्र बिरगंज । नव वर्ष २०८३ को पहिलो दिन बैशाख १ गते मंगलबार बिरगंज महानगरपालिका १६ नगवा पोखरी स्तिथ श्री बौधिमाइ मन्दिर प्राङ्गणमा  धार्मिक अनुष्ठान ‘श्री हनुमान आराधना तथा महाआरती’ को आयोजना गर्न लागिएको हो। श्री नगवा दुर्गा पूजा समितिको आयोजनामा निरन्तर सञ्चालित श्री १०८ सामुहिक सप्ताहिक हनुमान चालीसा पाठ सफलतापूर्वक सम्पन्न  भएको अवसरमा सभ्य एवं भव्य कार्यक्रम गर्न लागिएको हो ।

 आयोजक समितिका कोषाध्यक्ष चन्दन प्रजापतीले कार्यक्रम मंगलबार बिहान देखि बेलुका ५ बजेसम्म निरन्तर हनुमान आराधना सञ्चालन हुनेछ भने साँझ ६स्३० बजे विशेष महाआरती सुरु हुने जनाउदै महाआरती सम्पन्न भएपछि उपस्थित सम्पूर्ण भक्तजनहरूका लागि प्रसादको व्यवस्थापन समेत गरिएको जनाएका थिए ।

 आयोजक समितिले उक्त धार्मिक कार्यक्रममा सहभागी भई पुण्यको लाभ लिन सम्पूर्ण बिरगंजबासी तथा भक्तजनहरूमा हार्दिक निमन्त्रणा गरेको छ । नव वर्षको सुरुवात धार्मिक चेतना एवं आध्यात्मिक जागरणका साथ गर्ने उद्देश्यले कार्यक्रम महत्वपूर्ण हुने विश्वास आयोजक परिवारले जनाएको छ ।

हिन्दु पत्रकार संघका अध्यक्ष राजन रौनियारको अध्यक्षता एव सहजीकरण सचिव राजकुमार सराफले गरेका सो प्रेस सम्मेलनमा आयोजक समितिका अध्यक्ष सुरज साह कानु, चन्दन प्रजापती ,सदस्य  भोला गुप्ता लगायत पदाधिकारी सदस्यहरु एवं स्थानिय अग्रज , महिला, युवाहरुको बाक्लो सहभागिता रहेको थियो ।

प्रतिक्रिया