सुनौली भन्सारबाट आयात नियमित हुँदाहुँदै बजारमा कृत्रिम अभावको हल्ला
पश्चिम एसियामा जारी द्वन्द्वका कारण ग्यास आपूर्तिमा असर पर्ने आशंकाले उपभोक्ताहरू त्रसित बनेका छन्। यद्यपि सुनौली भन्सारबाट ग्यास आयात नियमित रूपमा भइरहे पनि बजारमा सहज उपलब्धता देखिएको छैन।
बुटवल क्षेत्रमा वास्तविक अभाव नभए पनि उपभोक्ताहरूले डरका कारण सिलिन्डर सञ्चिति बढाउँदा समस्या झन् जटिल बनेको छ। अत्यधिक सञ्चिति र अनावश्यक स्टकका कारण सर्वसाधारणले ग्यास पाउन कठिनाइ भोगिरहेका छन्।
यसबीच जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन तीव्र बनाएको छ। कालोबजारी र कृत्रिम अभाव रोक्न नयाँ रणनीतिहरू लागू गरिएको प्रशासनले जनाएको छ। अधिकारीहरूका अनुसार “ग्यास पर्याप्त छ, तर उपभोक्ताको व्यवहारले संकटजस्तो अवस्था सिर्जना गरेको हो।”
५ चैत २०८२, बिहिबार १०:०३ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com