पर्सा–१ बाट ऐतिहासिक जित निकालेका बुद्धिप्रसाद पन्त अहिले विकास एजेन्डा लिएर सक्रिय देखिएका छन्। उनले पूर्वमन्त्री प्रदीप यादव लाई १४ हजार २४४ मतले पराजित गर्दै संसद् यात्रा तय गरेका हुन्।
निर्वाचन जितसँगै पन्तले अब नाराभन्दा काममा ध्यान केन्द्रित गर्ने संकेत दिएका छन्। चुरे क्षेत्रको संरक्षण, व्यापक वृक्षरोपण अभियान र दीर्घकालीन खानेपानी समाधानलाई प्राथमिकतामा राख्दै उनले ठोस योजना अघि सारेका छन्।
यसैबीच, उनले प्रधानमन्त्री बालेन शाह सँग भेट गर्दै मधेशका तत्काल समाधान गर्न सकिने समस्या राखेका छन्। पन्तले बजेट कुर्नु अघि नै काम सुरु गर्नुपर्नेमा जोड दिँदै ‘छिटो नतिजा देखिने विकास’ को अवधारणा अघि सारेका छन्।
उनको सक्रियताले मधेश क्षेत्रमा नयाँ आशा जगाएको छ भने, अब उनले बोलेका प्रतिबद्धता व्यवहारमा कति छिटो देखिन्छन् भन्नेमा सबैको नजर केन्द्रित भएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com