info@elocalnepalkhabar.com

‘सक्किगोनी’ का बले पक्राउ! अमेरिकाबाट आएको आरोपले काठमाडौंमा सनसनी

२१ चैत, काठमाडौं । चर्चित हास्य कलाकार सागर लम्साल (बले) पक्राउ परेसँगै मनोरञ्जन क्षेत्रमा ठूलो हलचल मच्चिएको छ।

प्रहरीले उनलाई बूढानीलकण्ठ क्षेत्रबाट नियन्त्रणमा लिएको हो। स्रोतका अनुसार, अमेरिकामा बस्दै आएकी एक युवतीले गम्भीर आरोप लगाएपछि घटनाले अन्तर्राष्ट्रिय रुप लिएको छ।

ती युवतीले सामाजिक सञ्जालमार्फत आफूलाई अमेरिकामै जबर्जस्ती गरिएको दाबी गरेपछि घटनाले अचानक मोड लिएको हो। उजुरी सार्वजनिक भएको केही घण्टामै प्रहरीले अनुसन्धान अघि बढाउँदै बलेलाई पक्राउ गरेको जनाएको छ।

हाल प्रहरीले घटनाको सत्यता पत्ता लगाउन थप अनुसन्धान गरिरहेको छ। आरोप प्रमाणित भए कानुनी कारबाही कडा हुने संकेत देखिएको छ भने, कलाकारको करियरमाथि समेत प्रश्न उठ्न थालेको छ।

यस घटनाले नेपाली मनोरञ्जन क्षेत्रमा ‘सेलिब्रेटीहरू पनि कानुनभन्दा माथि छैनन्’ भन्ने बहस फेरि तातेको छ।

प्रतिक्रिया