काठमाडौं — तिब्बततर्फबाट भोटेकोसी नदीमा ठूलो बाढी प्रवेश गरेको भन्दै त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
नेपाल प्रहरीले अर्को सूचना नआएसम्म नुवाकोट, धादिङ, चितवन, गोरखा लगायत त्रिशूली नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।
बाढीका कारण नदी आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले स्थानीय बासिन्दालाई नदी किनारमा नजान, सुरक्षित स्थानमा बस्न तथा सम्भावित जोखिमप्रति सचेत रहन आग्रह गरिएको छ।
सम्बन्धित निकायबाट थप सूचना प्राप्त नभएसम्म उच्च सतर्कता अपनाउन र सुरक्षा सावधानी कायम राख्न अनुरोध गरिएको छ।
स्रोत: नेपाल प्रहरी
१० भदौ २०८३, बुधबार ०१:४० मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com