info@elocalnepalkhabar.com

“भोलि बिहान ४:३० भित्रै पसल खाली गर्न प्रशासनको कडा निर्देशन!”

वीरगञ्ज — जिल्ला प्रशासन कार्यालयले गण्डक–मितेरी पुल सडक क्षेत्रका व्यापारीहरूलाई लक्षित गर्दै कडा सूचना जारी गरेको छ। प्रशासनले भोलि बिहान ४स्३० बजेसम्म सडक अतिक्रमण गरेर सञ्चालनमा रहेका पसल, टहरा तथा संरचनाहरू तुरुन्त खाली गर्न आग्रह गरेको हो।


सूचनाअनुसार त्रिभुवन राजमार्ग अन्तर्गत पर्ने उक्त क्षेत्रमा सडक विस्तार तथा संरक्षण कार्यलाई तीव्र बनाउन यो कदम चालिएको हो। प्रशासनले स्पष्ट रूपमा भनेको छ— तोकिएको समयभित्र संरचना हटाइएन भने बल प्रयोग गरी हटाइने र आवश्यक परे डोजर परिचालन गरिनेछ।


यस निर्णयपछि स्थानीय व्यापारीहरूमा त्रास र अन्योल फैलिएको छ। कतिपयले वैकल्पिक व्यवस्था बिना नै हटाउन लागिएको भन्दै असन्तुष्टि जनाएका छन् भने प्रशासनले भने सडक मापदण्ड कायम गर्न यो अभियान अनिवार्य भएको बताएको छ।


यस अभियानमा राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा सरोकारवाला सबैलाई सहयोग गर्न समेत प्रशासनले आह्वान गरेको छ।

प्रतिक्रिया