काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई ९हर्क साम्पाङ० ले नीति तथा कार्यक्रममाथिको प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री उपस्थित नभई अन्य मन्त्रीले जवाफ दिनु उचित नहुने बताएका हुन्।
उनले भने, “आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन,” भन्दै प्रधानमन्त्री आफैं संसद्मा उपस्थित भएर उत्तर दिनुपर्ने अडान राखे। प्रधानमन्त्री जवाफ दिन नआए आफ्नो पार्टी बैठकबाट बाहिरिने चेतावनीसमेत उनले दिएका छन्।
हर्क साम्पाङको यो अभिव्यक्तिपछि संसद् बैठकमा केहीबेर चर्चा र हलचलसमेत भएको थियो।
३१ बैशाख २०८३, बिहिबार ०६:०२ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com