लालबाबु सिंह २५ चैत्र बिरगंज । दृष्टि सम्बन्धि अपांगताहरुको लागि मधेश प्रदेश नेत्रहीन क्रीकेट संघद्वारा राउन्ड टेबल नेपाल द्यँच्त् ड को सहयोगमा बुधबार बिरगंज ५ मा स्थित मुनलाइट स्कुलमा ५ दिने प्रशिक्षण कार्यक्रम सभ्य एवं भव्य रुपमा सम्पन्न गरेको छ ।
पर्वत ,तनहु,चितवन ,गोरखा,पर्सा लगायत मधेस प्रदेशका ८ गरि देशका १२ जिल्लाका दृष्टि सम्बन्धि अपांगता भएका २४ खेलाडिहरु सम्मीलित कार्यक्रममा भथभक ल्भउब िपर्साका कोषाध्यक्ष रुपशिला जैसवालको अध्यक्षता एवं रास्वपाका बिरगंज महानगर सभापति अमन अलिको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथीले मैनबती प्रज्वलित गरि समुदघाटन गरेका हुन ।
सो अवसरमा प्रमुख अतिथी अलि ले दिनदुखी असहायको सेवा गर्दा मन भित्र असाध्यै खुशी लाग्ने भएकोले हामि सबैले सधै सेवा सहयोग गरि मानवता बलियो बनाउन आग्रह गर्दै आयोजक एवं सहयोगी हातहरु प्रती आभार व्यक्त गरेका थिए साथै देशका दृष्टि सम्बन्धि अपांगताहरुको लगायत भिन्न प्रतिभाहरु लाई वर्तमान सरकारले उचित साथ सहयोग सम्मान दिने बताउनु भयो ।
सो अवसरमा बिशिस्ट अतिथी प्रहरी नायब उपरीक्षक राजु कार्कीले देशका यस्ता गहनाहरुको प्रतिभा निखारेर अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उज्ज्वल बनाउने कार्य गरेकोमा आयोजक एवं सहयोगी सम्पुर्ण हातहरुको खुलेर प्रसंशा गर्दै तपाइहरुले मेहनत गरे सफलता अवश्य पाउनेमा आफू विश्वसत रहेको बताउदै सम्पुर्ण खेलाडिहरु लाइ शुभकामना दिएका थिए ।
सो हि अवसरमा विशिष्ट अतिथी लायन्स क्लब अफ बिरगंज सेसमीका अध्यक्ष पिया सिंहले तपाईहरु मनरुपी आखाले हेर्दै यो सन्सारलाई रंगिन बनाउदै आफ्नो मेहनतले देश्को नाम विश्वमै लोकप्रिय बनाउन लाग्नुभएको र तपाइँहरु बाट हामिले धेरै कुरा सिकिरहेका छौ र तपाईहरुको यश अभियानमा साथ सहयोग गर्न पाउँदा आफू निकै खुशी एवं गर्विलो महसुस गरिरहेको भनी हौसला बढाउदै सहयोगी हातहरु प्रती हार्दिक धन्यवाद दिदै यस्ता खेलाडीहरुलाई स्थानिय ,प्रदेश र संघीय सरकारले सम्पुर्ण रुपमा जिम्मेवारी लिनुपर्ने धारणा व्यक्त गरे ।
सो हि अवसरमा बिशिस्ट अतिथी बिरगंज उधोग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले तपाइँहरुले दृष्टि सम्बन्धि कमि लाइ आआफ्नो मनोबलले जितदै आफ्नो देश समाज परिवारको नाम विश्वमा फैलाउन यहाँ आएर निकै मेहनतको साथ प्रयासरत रहेको देख्दा खुशी लागेको र हामी सबैले सपाङ्गहरुको सहयोग सेवा गर्दै आएकोमा उहाँ जस्तो दिव्य प्रतिभा भएको हरुको साथ सेवा सहयोग गर्नुपर्नेमा जोड दिदै आगामी दिनहर्मा हामिसबैले हातेमालो गर्न आग्रह गर्दै प्रशिक्षण कार्यक्रममा सहभागी खेलाडिहरुको उज्ज्वल भविस्यको शुभकामना दिएका थिए ।
सो हि अवसरमा राउन्ड टेबलका मोहित राजपालले राउन्ड टेबलले विभिन्न समयमा विभिन्न कार्यक्रम मार्फत दिनदुखी असहायको सेवा सहयोग गर्दै आएको बताउदै हामिले दृष्टि सम्बन्धि अपांगता भएका खेलाडीहरुको सहयोगको आग्रह सुन्ने बितिक्कै तुरुन्तै सक्दो सहयोग गर्न पाएकोमा आफुहरुलाई निकै गर्व लागेको बताउदै आगामी दिनहरुमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सो अवसरमा आयोजकले कार्यक्रममा सहयोग गर्ने राउण्ड टेबल नेपाल बिरगंज ड ,बिरगंज महानगरपालिका वडा समिती १० परिवार ,वडा ५ का वडाअध्यक्ष प्रदिप चौरसिया,लायन्स क्लब अफ बिरगंज सेसमीका अध्यक्ष समाजसेवी पिया सिंह ,एनप्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठ ,कंचनजंघा स्कुलका डाइरेक्टर मार्टिन मोक्तान,मुनलाइट स्कुल परिवार ,बिरगंज युवा समाजका अध्यक्ष सन्दीप थापा,बिरगंज कपडा बैंकका अध्यक्ष सन्चारकर्मी लालबाबु सिंहलाई प्रसंशापत्र प्रदान गरि सम्मान गरिएको थियो ।
आइज नेपालका सचिव उदित साह,सदस्य अन्जना गुप्ताले अतिथीहरुलाइ खादा लगाएर स्वागत गरेका सो कार्यक्रममा स्वागत मन्तव्य मधेश प्रदेश नेत्रहीन संघका महासचिव राजिव न्योपानेले गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com