info@elocalnepalkhabar.com

नेपाली टिमका खेलाडी आदिल अन्सारी दुर्घटनामा — अस्पतालमा उपचाररत

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी बारामा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन्।


सिम्रौनगढ नगरपालिका निवासी अन्सारी सवार मोटरसाइकल बम नहर सडकखण्ड अन्तर्गत पर्ने थलही पुलमा अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनाका क्रममा उनी पुलमुनि खसेका थिए।


घटनापछि स्थानीयवासीको सहयोगमा तत्काल उद्धार गरी उनलाई उपचारका लागि वीरगञ्जस्थित न्युरो अस्पतालमा भर्ना गरिएको छ। अस्पताल स्रोत र परिवारका अनुसार अन्सारीको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ।


दुर्घटनाको कारण र विस्तृत विवरणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया