लालबाबु सिंह जेष्ठ १ बिरगंज । BPS College का १२ का विद्यार्थीहरु लाई कक्षा ११का बिद्यार्थीहरु लाइ सुख्द सफल भविस्यको शुभकामना दिएका छन । BPS College द्वारा आइतबार बिरगंज १५ स्थित होटल भिस्वाको सभाहलमा विद्यार्थीहरूको विदाइ कार्यक्रममा कक्षा ११का विद्यार्थीहरूले कक्षा १२ का विद्यार्थीहरूलाई औपचारिक रूपमा विदाइ गरेका हुन ।


कार्यक्रमका प्रमुख अतिथि कोईरालाले देश अहिले परिवर्तनको शुरुवातमा रहेकोले विद्यार्थी भाइबहिनी जेनजिहरूको काधमा ठूलो जिम्मेवारी रहेको बताउदै शिक्षा नै जीवन परिवर्तनको मुख्य आधार भएकोले अनुशासन, मेहनत र लक्ष्यप्रति समर्पणका साथ अघि बढ्न र आज विदाइ होइन कि नयाँ यात्राको सुरुवात हो त्यसैले तपाईँहरू जहाँ गए पनि आफ्नो ,आफ्नो परिवार ,विद्यालय, गाउठाउ समाज र देशको नाम उज्ज्वल बनाउने गरी अघि बढ्नु पर्नेमा जोड दिएका थिए । समाज देशको सुरक्षा ब्यवस्थापनमा हामिसबैको साझा सुचना प्रयास हातेमालो गरे मात्र हामी प्रहरी सुरक्षा दिन सफल हुन्छौ भन्दै अहिले भरखरै SEE को परिक्षाफल आएको छ र त्यस्मा ४ जिपिए ल्याउने मात्र सफल हुदैनन कि कम जिपिए ल्याएको र कुनै कारणवश NG आउने बिद्यार्थीहरु पनि भविस्यमा सफल हुने हुनाले केवल लागुऔषध कु कुलतमा प्राय टिन एज अर्थात जेन जि उमेर का युवाहरु साथिभाइ संगको लहैलहैमा लागेर कुलतमा फसने ,अनलाइन ठगीका घटनामा फसने,ट्राकिक नियम पालना नगरी दुर्घटनामा पर्ने हुनाले तपाईं सम्पुर्ण एक दम चनाखो भएर त्यस्ता लागुऔषध कारोबारीहरुलाइ प्रहरिमा सुचना दिएर पक्राउ गर्न मद्दत पुर्याएर आफू समाज र देशलाई बचाउनु पर्छ भनी आग्रह गर्दै सफल भविस्यको शुभकामना दिएका थिए ।


कार्यक्रम BPS Collage का निर्देशक दिपक पटेल को अध्यक्षता एवं प्रदेश प्रहरी कार्यालय पर्साका वरिष्ठ उपरीक्षक शान्ती राज कोइराला को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा BPS का निर्देशक बिशिस्ट सन्दिप कुश्वाहा, प्रधानाध्यापक प्रभात मेहता, अतिथिहरु ज्ञान निकेतन स्कुल का निर्देशक नरेन्द्र सिंह , काव्या एकेडेमी का निर्देशक कुश्वाहा ,बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, राज होजियरी का संचालक राज साह ,बागेश्वरी एकेडेमी का सन्स्थापक प्रधानाध्यापक उजिता धमला ,गायक सुनिल पन्डित लगायत सन्चारकर्मिहरु जगत राई,कन्हैया पटेल,प्रणय साह,कृष्णा कुश्वाहा, सन्तोष कुश्वाहा,राकेश साह,युवराज केसरी,अभिलाष गुप्ता,आकाश पटेल, विभिन्न स्कुल कलेजका शिक्षक, अभिभावक एवं विद्यार्थीहरूको बाक्लो सहभागिता रहेको थियो।
सो कार्यक्रममा प्रमुख अतिथी लगायत अतिथिहरुले कलेजले वर्ष भरी गरेको कार्यको झल्को दिने गरि भित्तेपात्रो लोकार्पण गरेका कार्यक्रममा विद्यार्थीहरूले बिभिन्न आकर्षक गीतसंगीत, नृत्य प्रस्तुत गरि आफ्नो प्रतिभा देखाएका थिए जस्ले उपस्थित अतिथी अभिभावक शिक्षक विद्यार्थीहरूलाई मनोरञ्जन प्रदान गरि मन जितेका थिए ।
सो अवसरमा BPS college का HR Director कुश्वाहाले आजको बिदाइ कार्यक्रम नभएर फेरि भेटौला कार्यक्रम हो र यस्को पुर्वसन्धयामा सम्पुर्ण विद्यार्थीहरूको माया स्नेह लगावले अब छुट्टिन्नु पर्ने भएर म निकै भावुक बनाएको छ र बिद्यार्थीहरु एवं उनीहरुको अभिभावकजन को हामिप्रती बिश्वास स्नेह यो नै हाम्रो असल कमाइ हो । तपाईं हामीबाट टाढा हैन कि आफ्नो सफल सुख्द भविस्यको लागि अन्यत्र जान लागनु भएको हो तर तपाईहरु सधै हाम्रो मनको नजिकै हुनुहुन्छ र जहिले पनि आगामी दिनहरुमा हाम्रो आवश्यकता परेको समयमा शैक्षिक तथा व्यक्तिगत विकासको कार्यमा विद्यालयले निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गर्दै कक्षा १२ का विद्यार्थीहरूलाई सफलताको कामना गरे।
कार्यक्रमको अध्यक्षता गरिरहनु भएका College का निर्देशक पटेलले यो कार्यक्रम तपाइहरुको बिदाइ नभएर तपाइको जिवनको यात्राको एउटा थप खुडकिलो हो र तपाईं हाम्रो सम्बन्ध अझ बलियो हुन पुगेको आभास तपाइहरुको साथ स्नेहले पाउन सफल भएकोमा हामी गर्बिलो महसुस गर्दै कक्षा ११ का विद्यार्थी भाइबहिनीहरु को अथक प्रयासले यस्तो सुन्दर र सान्दार कार्यक्रमको आयोजना गरि कक्षा १२ का विद्यार्थीहरु लाई सभ्य एवं भव्य फेरि भेटौला भनी स्नेह आदर माया प्रदान गरेको देख्दा अत्यन्तै खुशी र मन भावुक भएको बताउदै हाम्रो छोटो निमन्त्रणा को बावजुद पनि प्रमुख अतिथी ,अतिथी, अभिभावक ,शिक्षक ,विद्यार्थीहरुले बाक्लो सहभागिता जनाइ कार्यक्रम सफल बनाइ दिएकोमा सम्पुर्ण प्रती हार्दिक आभार प्रकट गर्दै कक्षा १२ का विद्यार्थी भाइबहिनिको सुख्द सफल उज्ज्वल भविस्यको शुभकामना प्रदान गरेका हुन ।
कार्यक्रममा कलेजका निर्देशकद्वय द्वारा कक्षा १२ का विद्यार्थीहरु एवं अतिथिहरुलाओ मायाको चिनो प्रदान गरेर सम्मान गरिएको थियो स्वागत मन्तव्य प्रधानाध्यापक प्रभात मेहताले र शुभकामना मन्तव्य शिक्षक दिपेन्द्र कानुले गरेका थिए भने सहजीकरण कक्षा ११ का विद्यार्थी ईसराना खातुन र सुधान्जली मेहताले गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com