लालबाबु सिंह
वीरगञ्जमा यही चैत २८ गते शनिबार दिउँसो १ बजे श्री जगन्नाथ रथ यात्रा निकालिने भएको छ। रथयात्राका आयोजक ईस्कोन बिरगंज परिवारले बिरगंज स्थित ईस्कोन प्रांगणमा पत्रकार सम्मेलन गर्दै तेस्रो पटक रथ यात्रा आयोजना गर्न लागिएको जानकारी दिएका हुन्।
रथ यात्रा गहवा माई पार्कबाट सुरु भई मकालु होटल, पूजन होटल, कैलाश होटल, घडीअर्वा पोखरी, गीता मन्दिर रोड हुँदै पुनः माइस्थान पार्कमा पुगेर समापन हुने आयोजकले जनाउदै साझ मन्दिर प्राङ्गणमा सान्सकृती भजन कार्यक्रमको आयोजना गरि प्रसाद वितरण कार्यक्रमको आयोजना गरिने बताइएको छ ।
सो यात्राको लागी रथ निर्माण, सजावट, प्रसाद व्यवस्थापन लगायतका तयारीका लागि करिब ५ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। यस वर्षको रथ यात्रामा पर्सा, बारा र रौतहट जिल्ला का साथै भारतको रक्सौल ९बिहार० क्षेत्रबाट करिब ४ हजारदेखि ६ हजारसम्म श्रद्धालु भक्तजन एवं सर्वसाधारणहरुको सहभागिता रहने अपेक्षा गरिएको छ।
कार्यक्रमलाई शान्तिपूर्ण तथा व्यवस्थित बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल बिरगंजले आवश्यक सुरक्षा व्यवस्था मिलाउने जनाइएको छ ।
सो पत्रकार सम्मेलन हिन्दु पत्रकार संघ नेपालको अध्यक्ष राजन रौनियारको अध्यक्षतामा इस्कोन बिरगंजका मुक्तिनाथ साह,आयुष गिरि,गौसर्भन दास,श्याम मनोहर साह लगायतको सहभागिता रहेको सम्मेलनको सहजीकरण हिन्दु पत्रकार संघका सचिव राज सराफले गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com