info@elocalnepalkhabar.com

वीरगञ्जमा सम्पन्न भयो ‘Indian Education Fair 2026’, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

वीरगञ्जमा  Skyline Mall स्थित Sarovar Hotel मा आज आयोजित “Indian Education Fair 2026” सफलतापूर्वक सम्पन्न भएको छ। Nascent Education Foundation Pvt. Ltd. (NEF) द्वारा आयोजित तथा Career Dream Education Consultancy को सहयोगमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


कार्यक्रममा भारतका विभिन्न प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गरी विद्यार्थीहरूले Admission, Scholarship, Placement तथा Career सम्बन्धी विस्तृत जानकारी प्राप्त गरेका थिए। साथै On-the-spot Counselling र Personalized Course Selection Support ले विद्यार्थीहरूलाई विशेष लाभ पुगेको आयोजकले जनाएको छ।

विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि यो कार्यक्रम निकै प्रभावकारी र जानकारीमूलक बनेको सहभागीहरूको भनाइ रहेको छ। आयोजकका अनुसार कार्यक्रममार्फत धेरै विद्यार्थीहरूले आफ्नो भविष्यको शैक्षिक योजना तय गर्न महत्वपूर्ण मार्गदर्शन प्राप्त गरेका छन्।

प्रतिक्रिया