२८ श्रावण बिरगंज ।
मित्र राष्ट्र भारतको रक्सौलमा आज मानवताको एक अनौठो उदाहरण देख्न पाइयो। कोइरिया टोलाका बासिन्दा रक्तवीर अजय बाबल ले एक जना अन्जान बिरामीको ज्यान बचाउन बुधबार आफ्नो स्यानिटरी पसल नै बन्द गरे।
वास्तवमा मोतिहारीका एकजना बिरामीको अपरेशनका लागि रगतको आवश्यकता थियो। सामाजिक सेवा गर्दै आएको मस्करा च्यारिटेबल ट्रस्ट का सदस्य रवि मस्करालाई कौडिहार निवासी महेन्द्र ठाकुरको फोन आयो। रवि मस्कराले तुरुन्तै अजय बाबललाई सम्पर्क गरे।
त्यस समय बाबलको पसलमा कर्मचारी थिएनन्। तर उनले ढिलाइ नगरी पसल बन्द गरे र रवि मस्करासँग वीरगन्ज रेडक्रसको ब्लड बैंकमा पुगेर रक्तदान गरे।
अजय बाबलको यस पहलले एक जना अन्जान बिरामीलाई समयमै रगत उपलब्ध भयो। रक्सौल लगायत बिरगंजका मानिसहरूले उनको यस मानवता बलियो बनाउने सुकार्यको खुलेर प्रशंसा गरे र भने, "यस्ता व्यक्तिहरूका कारणले नै समाजमा मानवता जीवित छ।"
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com