वीरगंजमा शिक्षा क्षेत्रमा नयाँ पहल थपिएको छ। लिंकरोडस्थित ‘नमस्ते एजुकेसन फाउन्डेसन प्रा।लि।’ ले मंगलबारदेखि औपचारिक रूपमा आफ्नो सेवा सुरु गरेको हो।
एक सानो तर अर्थपूर्ण कार्यक्रममा संस्थाका अध्यक्ष अजित चौरसिया र एक छात्राले संयुक्त रूपमा रिबन काट्दै फाउन्डेसन उद्घाटन गरेका थिए।
यो संस्था विशेष गरी भारतमा उच्च शिक्षा लिन चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै स्थापना गरिएको हो। यहाँबाट विद्यार्थीहरूले कलेज छनोटदेखि लिएर विषय निर्धारण, भर्ना प्रक्रिया र आवश्यक कागजात व्यवस्थापनसम्मको सहयोग पाउनेछन्।
संस्थाका अनुसार, नेपालबाट भारत अध्ययनका लागि जाने धेरै विद्यार्थीहरू स्पष्ट मार्गदर्शनको अभावमा अलमलिने गरेका छन्। यही समस्यालाई समाधान गर्ने लक्ष्यसहित फाउन्डेसनले निःशुल्क काउन्सेलिङ सेवा उपलब्ध गराउने जनाएको छ।
साथै, विद्यार्थीहरूलाई भारतमा अध्ययनका क्रममा आवश्यक जानकारी र सहजीकरण पनि निरन्तर प्रदान गरिनेछ। स्थानीय स्तरमै यस्तो सेवा सुरु भएपछि अब विद्यार्थी र अभिभावकले ठूलो सहजता महसुस गर्ने अपेक्षा गरिएको छ।
फाउन्डेसनले आगामी दिनमा आफ्नो सेवा अन्य देशतर्फ पनि विस्तार गर्ने योजना अघि सारेको छ। उद्घाटन कार्यक्रममा स्थानीय व्यक्तित्व, पत्रकार, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com