भोलि चैत ६ गते शुक्रबार र पर्सि ७ गते शनिबार देशका विभिन्न क्षेत्रमा मौसम अचानक बिग्रने संकेत देखिएको छ। पूर्वानुमान अनुसार भारी वर्षा, हिमपातसँगै तीव्र हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्राधिकरणले विशेष अनुरोध गर्दै आवश्यक काम बाहेक बाहिर ननिस्कन, हावाहुरी चल्दा घरभित्रै सुरक्षित रहन र झ्यालढोका मजबुत रूपमा बन्द गर्न भनेको छ। साथै आगोका स्रोतहरू तुरुन्त बन्द गर्न र सवारीसाधन चलाइरहेका बेला सुरक्षित स्थानमा रोकिन पनि सुझाव दिइएको छ।
हावाहुरीका बेला कमजोर संरचना, अग्ला रुख, बिजुलीका खम्बा तथा तारबाट टाढा रहनु अत्यन्त आवश्यक रहेको जनाइएको छ। यदि कतै बिजुलीको तार लत्रिएको देखिएमा नछुन र विद्युतीय उपकरण प्रयोग नगर्न पनि आग्रह गरिएको छ।
जोखिमपूर्ण अवस्था आउन सक्ने भएकाले भीडभाडमा नआत्तिन, भागदौड नगरी संयमित रूपमा सुरक्षित स्थानतर्फ जान सबैलाई सचेत गराइएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com