नेपालमा राहदानी सेवामा ठूलो परिवर्तन आउन लागेको छ। राहदानी विभागले पुरानो एमआरपी प्रणालीलाई विस्थापित गर्दै अत्याधुनिक ई–पासपोर्ट प्रणाली लागू गर्ने अन्तिम तयारी पूरा गरेको जनाएको छ।
जेठ महिनादेखि सुरु हुने यो नयाँ प्रणालीसँगै सेवाग्राहीले राहदानी बनाउन अब झन्झट कम र प्रक्रिया छिटो अनुभव गर्नेछन्। विशेषगरी विदेशमा रहेका नेपाली नागरिकका लागि यो प्रणाली निकै लाभदायक हुने अपेक्षा गरिएको छ, किनकि आवश्यक परेमा दूतावासबाटै राहदानी प्राप्त गर्न सकिने व्यवस्था गरिँदैछ।
हालसम्म करिब १ करोड ७१ लाख राहदानी जारी भइसकेको अवस्थामा, नयाँ प्रविधिको प्रयोगले सेवा अझ सुरक्षित, छरितो र विश्वसनीय बन्ने विश्वास विभागले लिएको छ।
अब राहदानी बनाउन लाइन होइन, प्रविधि नै हुनेछ मुख्य आधार!
७ चैत २०८२, शनिवार १०:०५ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com