info@elocalnepalkhabar.com

“समुदाय–प्रहरी सहकार्यको प्रशंसा गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्की ग्रीनसिटी केन्द्रमा”

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूले ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्रको अवलोकन गर्नुभएको छ।


स्थापनाकालदेखि समुदाय र प्रहरीबीच सहकार्य, समन्वय तथा विश्वास अभिवृद्धि गर्दै आएको केन्द्रले सामाजिक जनचेतना, अपराध नियन्त्रण, युवा अभिप्रेरणा तथा शान्ति सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।


अवलोकनका क्रममा प्रहरी महानिरीक्षक कार्कीज्यूले सामुदायिक प्रहरी अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन केन्द्रले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो।


उहाँले समुदाय र प्रहरीबीचको सम्बन्ध अझ सुदृढ बनाउन यस्ता संस्थाहरूको भूमिका महत्वपूर्ण रहने बताउँदै आगामी दिनमा सहकार्यलाई अझ प्रभावकारी बनाउन सुझाव तथा शुभकामना व्यक्त गर्नुभयो।


कार्यक्रममा स्थानीय समाजसेवी, जनप्रतिनिधि, प्रहरी अधिकृत, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया