काठमाडौं, १५ वैशाख — देशभरको मौसमले अचानक रूप बदल्ने संकेत देखिएको छ। मौसमविदका अनुसार आज र भोलि ९वैशाख १५–१६० अधिकांश क्षेत्रमा मेघगर्जन, चट्याङ र मध्यमदेखि भारी वर्षा हुने सम्भावना उच्च रहेको छ।
विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा जोखिम बढी देखिएको भन्दै जल तथा मौसम विज्ञान विभागले पहेँलो सतर्कता जारी गरेको छ। यो संकेतले सामान्यभन्दा बढी प्रभाव पर्ने अवस्था देखाउँछ, जसका कारण दैनिक जनजीवनमा अवरोध आउन सक्छ।

हवाई उडान ढिलाइ, सडक यातायात अवरुद्ध, र पहाडी क्षेत्रमा पहिरोको जोखिम समेत बढ्न सक्ने अनुमान गरिएको छ। यात्रु तथा सर्वसाधारणलाई आवश्यक सूचना लिएर मात्र यात्रा गर्न र सतर्क रहन आग्रह गरिएको छ।
छोटोमास्
आजको योजना बनाउँदा आकाशतिर एकपटक हेर्न नबिर्सनुहोस् — मौसमले जुनसुकै बेला सरप्राइज दिन सक्छ ।
१५ बैशाख २०८३, मङ्गलबार ०८:४४ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com