काठमाडौं — प्रतिनिधि सभामा बोल्दै सांसद Harka Sampang Rai ले नेपालको शिक्षा प्रणालीलाई पूर्णरूपमा परिवर्तन गर्नुपर्ने आवाज उठाएका छन्।
उनले अहिलेको शिक्षा “कथा पढ्ने मात्र विषय” जस्तो भएको टिप्पणी गर्दै, अब विद्यार्थीलाई उत्पादन, निर्माण र आविष्कारसँग प्रत्यक्ष जोड्ने समय आएको बताए।
साम्पाङको प्रस्ताव अनुसार, हप्तामा ३ दिन मात्र सिद्धान्त (theory) पढाइ गरिनु पर्ने र बाँकी ४ दिन विद्यार्थीले व्यवहारिक काम—जस्तै उत्पादन, सिर्जना र नवप्रवर्तनमा सहभागी हुनुपर्ने व्यवस्था लागू गर्नुपर्नेमा जोड दिए।
उनले यस्तो शिक्षा प्रणालीले मात्र देशलाई आत्मनिर्भर र सीपयुक्त जनशक्ति उत्पादन गर्न सक्ने दाबी गर्दै सरकारलाई तुरुन्त ध्यान दिन आग्रह गरेका छन्।
“पुस्तकभन्दा बढी उत्पादनमा जोड दिनुपर्छ,” भन्दै उनले व्यवहारिक शिक्षा नै भविष्यको आधार भएको स्पष्ट पारे।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com