info@elocalnepalkhabar.com

दादुराको प्रकोप नियन्त्रणतर्फ: ६७ बिरामी निको, २० अझै आइसोलेसनमा

बागलुङ, ३ चैत – ढोरपाटन क्षेत्रमा फैलिएको दादुरा रोग क्रमशः नियन्त्रणतर्फ उन्मुख देखिएको छ। हालसम्म ६७ जना संक्रमित उपचारपछि पूर्ण रूपमा निको भई घर फर्किएका छन् भने अझै २० जना बिरामी आइसोलेसनमा राखेर उपचार भइरहेको स्वास्थ्यकर्मीहरूले जनाएका छन्। by onlinekhabar


फागुनको पहिलो सातादेखि सुरु भएको यो संक्रमणले बोबाङ, सेराबाङ र लाकुरीबोट गाउँमा बढी प्रभाव पारेको थियो। हालसम्म कुल १२६ जना बिरामीलाई बोबाङ स्वास्थ्य चौकी र बुर्तिबाङ अस्पतालमा आइसोलेसनमा राखेर उपचार गरिएको छ।

स्वास्थ्य संस्थाहरूले समयमै उपचार र सतर्कताका उपाय अपनाउँदा संक्रमण विस्तारमा कमी आएको बताएका छन्। स्थानीय तहले पनि रोग नियन्त्रणका लागि सचेतना अभियानलाई तीव्रता दिएको छ।

प्रतिक्रिया