२८ जेष्ठ । फुटबल खेल विश्वको सबैभन्दा चर्चित एवं लोकप्रिय खेल हो र विश्वकप यसको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता हो।
विश्वकप २०२६ प्रतियोगिता इतिहासमै पहिलो पटक ३ देश मेक्सिको, क्यानडा र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा आयोजना गर्दैछन्।
विश्वकप २०२६ को उद्घाटन खेल जुन ११( बिहिबार मध्यराती ११.४५ बजे ) मेक्सिको सिटीमा आयोजक मेक्सिको र दक्षिण अफ्रीका बिच हुनेछ, र फाइनल जुलाई १९ मा अमेरिकाको न्यु जर्सीमा हुनेछ।
प्रत्येक ४ वर्षमा आयोजना हुने विश्वकप २०२६ को संस्करण अहिलेसम्मकै ठूलो हुनेछ, जसमा ४८ देशहरु सहभागी भयेर प्रतिस्पर्धा गर्नेछन्।
वरियताका आधारमा टोलीहरूलाई समान ४ टोलीको १२ समूहमा विभाजन गरिएको छ। राउन्ड रोबिन लिग पछि प्रत्येक समूहबाट शीर्ष दुई टोली स्वतः अर्को चरण (राउन्ड अफ ३२) मा पुग्नेछन्। टिमहरुले समूह चरणको खेलमा जितमा ३ अंक,बराबरीमा १ अंक र हारमा ० अंक पाउने छन भने समूह चरणपछि तेस्रो स्थानमा रहेका केही उत्कृष्ट टोलीहरू पनि अर्को चरणमा प्रवेश गर्छन्। यस चरणमा १६ टोली बाहिरिनेछन्।
खेल दुई हाफ (४५–४५ मिनेट) गरि ९० मिनेटको हुनेछ । हाफटाइममा १५ मिनेटको विश्राम हुन्छ। खेलको घडी निरन्तर चलिरहन्छ, रोकिँदैन। चोटपटक, ढिलाइ वा पानी ब्रेकका कारण अतिरिक्त समय थपिन्छ।
समूह चरणमा पेनाल्टी शुटआउट हुँदैन। तर नकआउट चरणमा बराबरी भए ३० मिनेट अतिरिक्त समय र त्यसपछि पेनाल्टी हुन्छ।
आयोजक ३ देशका इ शहरहरू -
मेक्सिको को ग्वाडालाजारा, मोन्टेरे, मेक्सिको सिटी त्यसैगरी क्यानडा को टोरन्टो, भ्यानकुभर र अमेरिका को एटलान्टा, बोस्टन, डलास, ह्युस्टन, क्यान्सास सिटी, लस एन्जलस, मियामी, न्युयोर्क/न्यु जर्सी, फिलाडेल्फिया, सान फ्रान्सिस्को बे एरिया, सियाटल मा खेलहरु हुने जनाइएको छ ।
फ्रान्स,स्पेन ,इङ्ग्ल्यान्ड ,अर्जेन्टिना र ब्राजिल देश विश्वकप विजेताको रुपमा हेरिएको छ ।
यसैगरी यो विश्वकपमा चर्चित खेलाडिको रुपमा लियोनल मेस्सी ( अर्जेन्टिना ), किलियन एम्बाप्पे (फ्रान्स) लामिन यामाल (स्पेन),
क्रिस्टियानो रोनाल्डो (पोर्चुगल),
नेयमार र भिनिसियस जुनियर (ब्राजिल),जुड बेलिङ्घम (इङ्ग्ल्यान्ड),
क्रिस्टियन पुलिसिक (अमेरिका),
अल्फोन्सो डेभिस (क्यानडा),
सोन ह्युङ–मिन (दक्षिण कोरिया),
अर्लिङ हालान्ड (नर्वे) लगायत दर्शकहरुको नजरमा रहने चर्चा गरिएको छ ।
त्यसै गरि पहिलो पटक विश्वकप खेल्ने देशहरूमा क्युरासाओ (सबैभन्दा सानो देश),केप भर्डे, जोर्डन, उज्वेकिस्तान रहेका छन भने ३ पटक को विजेता ईटली लगातार तेस्रो पटक गरि यो विश्वकपमा देखिने छैन ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com